नगरपालिकाले करारका कर्मचारीलाई भन्यो, दैनिक ज्यालादारीमा काम गर नत्र घर जाउँ

उदयपुर । त्रियुगा नगरपालिकामा लामो समयदेखि करारमा रहेका प्राविधिक र अप्राविधिक कर्मचारीलाई चालु आर्थिक वर्षदेखि दैनिक ज्यालादारी बनाउने निणर्य गरेको छ ।

दशैंको मुखमा चालु आर्थिक वर्षमा म्याद नथपिएका अस्थायी र करारका करिव दुई सय बढी कर्मचारीहरुलाई दैनिक ज्यालादारी ९डोर हाजिरी० बनाउने निणर्य गरेको हो ।

विहिबार बसेको कार्यपालिका बैठकको निर्णयानुसार उनीहरुले मासिक रुपमा नभएर दैनिक हाजिरी ९डोर हाजिर० भरेर मात्रै तलव निकासा हुनेछ ।

नगरपालिका तर्फ अस्थायी खरदार सरहका १८ जनाको म्याद थप्ने निणर्य गरेको छ भने अधिकृत देखि खरिदार, सहजकर्तासम्मले डोर हाजिर भरेर मात्रै तलव पाउने नगर कार्यपालिकाले निणर्य गरेको छ ।

त्रियुगा नगरपालिकामा प्रशासन तथा प्राविधिक गरी ७१ जना स्थायी, १८ जना अस्थायी र ७५ जना करारका कर्मचारी गरि १६४ कर्मचारी रहेका छन् भने स्वास्थ्य तर्फ ३८ जना स्थायी र ५४ करारका कर्मचारी रहेका छन् ।

करारका कर्मचारीको सेवा अवधि थप नगर्ने नगरपालिकाको निणर्यसँगै अहिलेसम्म कामकाज गरेका कर्मचारीहरुले डोर हाजिरमा काम गर नत्र घर जाऔंको अवस्थामा पुगेको छ ।

अधिकृत देखि सरसफाईसम्मका कर्मचारीहरुलाई दैनिक ज्यालादारीमा तलव निकासा गर्ने निणर्य गरेको एक वडाध्यक्षले जानकारी दिएका छन् । शिक्षा, स्वास्थ्य, प्रशासन, प्राविधिक तथा वडामा कार्यरत करारको कर्मचारीको करार संझौता २०७९ असार ३२ गतेदेखि सकिएको छ ।

यस अघि ५९ जना करारका कर्मचारीको म्याद थप नगर्दा सामी परियोजना, महिला हिंसा तथा प्रतिकार्य योजना साझेदारी कार्यक्रम लगायतका कार्यक्रहरु प्रभावित भएको छ ।

शाखा अधिकृत, नायव सुब्बा र खरदार स्तरका कर्मचारीहरुलाई मापदण्ड विपरित दैनिक ज्यालादारीमा तलव निकासा गर्ने नगरका प्रवक्ता तिलक कटुवालले बताए । उनीहरुले डोर हाजिर नगरेको दिन, सार्वजनिक विदा तथा चाडपर्व विदाको दिनको तलब अव नपाउने प्रशासन शाखाले जनाएको छ । उनीहरुले चाडपर्व खर्च ९दशैं पेश्की० समेत पाउने छैनन् ।

उनीहरुले ६ सय ९० रुपैयादेखि अधिकतम एक हजार ३८० रुपैयासम्म तलव पाउने प्रशासन शाखाले जनाएको छ । करार म्याद थप नभएका र अहिले डोर हाजिरमा तलव निकासा हुँदा उनीहरुको तलवमा अव २५ प्रतिशत देखि ३५ प्रतिशतसम्म तलब कटौती भएको छ ।
इन्जिनियर, सव इन्जिनियर, अमिन, सुपर भाइजरलाई डोर हाजिरमा राख्न सकिन्छ तर अप्राविधिकिलाई डोर हाजिरमा लगाउन पाइदैन् । कानूनत प्राविधिक कर्मचारी बाहेकले अरुलाई ज्यालादारीमा लगाउन पाउने व्यवस्था कुनै कानूनमा छैन् ।
यस्तै नगरपालिकाको सरसफाईकर्मी, इलेक्ट्रिसियन, हजुका सवारी चालक, नगर प्रहरी लगायतले दैनिक ज्यालादारी बढीमा सात सय रुपैयासम्म पाउने छ ।

स्थानीय तह निर्वाचनताका त्रियुगा नगरपालिकाले न्युक्ति गरेका प्राविधिक वा अप्राविधिक कर्मचारीहरुको म्याद नथप्ने बरु निस्कासन गर्ने मेयर बसन्त कुमार बस्नेतको भनाई अहिले सार्थकता पाएको एक कर्मचारीले जानकारी दिए ।
यस अघि प्राविधिक, अप्राविधिक न्युक्ती भएका सहजकर्ता, स्वास्थ्यका कर्मचारीहरुमा अहेव, अनमी लगायत कृषि र भेटनगरीका साथै नगर प्रहरीहरुको म्याद नथप्ने र उनीहरुलाई कुनै पनि हालतमा निश्कासन गर्ने पक्षमा रहेको एक कर्मचारीले जानकारी दिए ।
त्रियुगा नगरपालिकाका मेयर बसन्त कुमार बस्नेतले करारका २१६ जना कर्मचारी आवश्यक छैन र उनीहरुको म्याद नथप्ने एक अनलाइनलाई अन्तरवार्ता दिएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *