बुलिङटार, ६ जेठ । बुलिङटार गाउँपालिकाका एकजना जनप्रतिनिधिका आमाको निधन भएको छ । बुलिङटार गाउँपालिका वडा न. ३ का वडा सदस्य विष्णुविर जर्गाका आमा तिल मायाँ जर्गा मगरको निधन भएको हो । ७९ वर्षको उमेरमा सोमबार बिहान १०ः३० बजे आफ्नै निवासमा निधन भएको उनका कान्छा छोरा तथा वडा सदस्य विष्णुविर जर्गा मगरले जानकारी दिए । मृत जर्गा मगर लाई पहिल्यै देखि नै निमोनियाको उपचार गर्दै आइरहेको उनका साहिला छोरा गम बहादुर जर्गा मगरले बताए । “भर्खर बिरामीबाट मुक्त भयो भनेर खुशी भएका हामी एक्कासी शोकमा बस्नुपर्दा सपना जस्तो लागी राको छ” वडा सदस्य जर्गा मगरले भने । यस अघि घर वरिपरी हिड्डुल गर्दै आइरहेकी थिइन् । मृत जर्गाकी चार भाई छोरा र एक बहिनी छोरी छन् ।
Related Posts
पुरानो कामको जस लिएर नयाँ योजना बाँडदै गठबन्धनका उम्मेदवारहरु
- Bulingtarnews
- २१ कार्तिक २०७९, सोमबार १५:५१
- 0
बुलिङटार, २१ कार्तिक नवलपुरमा मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि […]
होलीमा इच्छा विपरित रङ दल्ने, लोला हान्ने नगर्न जिल्ला प्रशासन कार्यालय नवलपुरको अनुरोध
- Bulingtarnews
- २ चैत्र २०७८, बुधबार १५:११
- 0
होली पर्वमा कसैको इच्छा विपरीत रङ नदल्न जिल्ला प्रशासन कार्यालय नवलपुरले अनुरोध गरेको छ । […]
जब पानी र बगर घरभित्र पसे
- Bulingtarnews
- २७ आश्विन २०७९, बिहीबार १४:४८
- 0
बुलिङटार, २७ असोज गत असोज १८ गते देखि निरन्तर पानी परिहेको थियो । घरभन्दा माथी […]