नारायणीमा हाम फालेर गैडाकोटका एक पुरुष बेपत्ता

गैंडाकोट । पूर्वि नवलपरासीको गैंडाकोटका एक बृद्ध नारायणी नदीमा हाम फालेर बेपत्ता भएका छन् । गैंडाकोट नगरपालिका वडा नं। १ प्रतिभाटोलका रत्नभुवन श्रेष्ठ नारायणी नदीमा हाम फालेर बेपत्ता भएको ईलाका प्रहरी कार्यालय गैंडाकोटले जनाएको छ ।

६० वर्षीय श्रेष्ठ आईतबार विहान ५ बजे घरबाट मर्निङवाकको लागि निस्किएकोमा अवेर सम्म घर नआएपछि छोरी प्रशान्ती श्रेष्ठले प्रहरी समक्ष जानकारी गराएकि थिईन् ।

प्रहरीको सीसीटिभि फुटेजबाट श्रेष्ठ विहान ६ वजेर ३६ मिनेटमा नारायणी नदीमा हाम फालेको देखिएको छ । प्रहरीले उनको खोजी कार्य गरिरहेको भएपनि यो खबर तयार पार्दा सम्म उनको अवस्था पत्ता लाग्न सकेको छैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *