तारा श्रीसको स्वरमा नेपालको कान्छो जिल्ला नवलपुर जिल्ला चिनारी सार्वजनिक

भ्वाइस अफ नेपाल तेस्रो सिजनको फिनाले सकिएको एक साता बितिसक्दा पनि सामाजिक सञ्जालमा अन्तिम प्रतिष्पर्धाको चर्चा सेलाएको छैन । नेपाली मुलका व्यक्तिले भ्वाइस अफ नेपाल तेस्रो सिजनको उपाधि उचाल्दा उपविजेता बनेकी नेपाली चेली तारा श्रीस मगरको चर्चा भने अहिले पनि उतिकै रहेको छ ।

उनै तारा श्रीस मगरको स्वरमा नेपालको कान्छो जिल्ला नवलपुरको चिनारी गित सार्बजनिक भएको छ । मध्यनेपालमा रहेको कान्छो जिल्ला नवलपुरमा रहेको पर्यटकिय स्थलको बारे गित मार्फत चर्चा गरिएको छ ।

नवलपुरका पुराना लेखकर निर्देशन चेतन रजाली मगरको शब्द संगीतमा रहेको गितलाई तेजेन्द्र गुरुङ्गले ऐरेन्ज गरेका छन् ।
नवलपुरका पर्यटकीय स्थलहरू मौलाकालिका मन्दिर, नारायणी किनार, मध्यविन्दु स्तम्भ, नेपालकै ठुलो फलाम खानी धौवादी डाँडा, त्रिवेणी धाम, शाश्वत धाम लगायतका क्षेत्रमा सन्तोष पिठाकोटे मगरले भिडियोको छायांकन गरेको उक्त भिडियोलाई छवि रानामगरले सम्पादन गरेका छन् ।

नवलपुर जिल्ला चिनारी गीतमा मुना थापा मगर, आर्मिता सोती मगर, पेमा आले मगर लगायतका कलाकारहरुको नृत्य रहेको छ भने नृत्य निर्देश सर्जन थापा मगरको रहेको छ ।
म्याक्शन फोर डि। स्टुडियोले पोष्ट प्रोडक्सन गरेको गित डिटिएम मिडिया बाट बजारमा आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *