बुलिङटारमा सामुुदायिक स्वास्थ्य इकाई भवन उद्घाटन सम्पन्न

बुलिङटार, बुुलिङटारमा एक सामुुदायिक स्वास्थ्य इकाई भवन उद्घाटन भएको छ । बिहिबार बुलिङटार २ पेलेगा स्थित रहेको सामुदासयिक स्वास्थ्य इकाई भवनको उद्घाटन भएको हो ।

 

बुलिङटार गाउँपालिकाका अध्यक्ष शशिकिरण वास्ताकोटी र बुलिङटार गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामप्रसाद सापकोटाले रिबन काटी उद्घाटन गर्नु भएको हो ।

उक्त भवन बुलिङटार गाउँपालिकाको सहयोगमा १८ लाख रुपैयाँमा निर्माण भएको हो ।

उद्घाटन पछि मन्तव्य राख्दै गाउँपालिकाका अध्यक्ष वास्ताकोटीले पेलेगाका स्थानिय तथा पेलेगा आसपासका बासिन्दाहरुलाई स्वास्थ्य सेवामा जटिल समस्या भएकाले उक्त भवनको निर्माण गरेको बताउनुभयो । उहाले अहिलेको परिस्थीतिमा बुलिङटार बासिन्दाका लागि स्वास्थ्य नै आफ्नो पहिलो प्रथामिकताको रुपमा रहेको बताउनुभयो । त्यसैगरि बुलिङटार गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत सापकोटाले भवनको भरपुुर सहयोग पालिकाबाट रहने जनाउनु भएको थियो ।

 

बुलिङटार गाउँपालिका स्वास्थ्य शाखा प्रमुख अशोक कुमार श्रेष्ठले स्वास्थ्य जस्तो महत्वपुर्ण कुरालाई मध्यनजर गरि भवन निर्माण तथा सञ्चालन सेवा सम्म सहयोग गरेकोमा गउँपालिका टिमलाई धन्यवाद ज्ञापन गर्नुभएको थियो । उक्त स्वास्थ्य इकाई बिहीबार देखि नै सञ्चालनमा रहने भवनका अध्यक्ष दान बहादुर वकाबल मगरले बताउनु भयो ।

सभामा बुलिङटार गाउँपालिकाका उपाध्यक्ष मैना बि. क, लेखा अधिकृत बाबुराम तिवारी, वडा न. २ का वडा अध्यक्ष प्रेम बहादुर गरंजा मगर, समाज सेवी ऋषि वकावल मगर, उक्त भवनका अध्यक्ष दान बहादुर वकाबल मगर, गाउँपालिकाका अन्य कर्मचारीहरु लगायत स्थानियहरुको उपस्थिति रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *