स्वतन्त्र पत्रकार नवलपुर शाखामा तिवारिको नेतृत्व

गैंडाकोट, ३१ साउन । ‘पत्रकार बन्नु त स्वतन्त्र बन्नु, स्वतन्त्रै हो पत्रकार भन्नु’ भन्ने मुल नाराका साथ गैंडाकोटमा स्वतन्त्र पत्रकार संघ, नवलपुर शाखाको दोस्रो जिल्ला अधिवेशन सम्पन्न भएको छ । संघका नवलपुर शाखाका निवर्तमान अध्यक्ष रामहरी शर्माको अध्यक्षता भएको दोस्रो जिल्ला अधिवेशनले ९ सदस्सिय एक कार्य समितिको चयन समेत गरेको छ । तीन वर्षको कार्यकाल रहेको सो समितिको अध्यक्षमा पत्रकार सविता तिवारी अध्यक्षमा चयन हुनुभएको छ । यसैगरि समितिको उपाध्यक्षमा भूमिश्वर पौडेल, सचिवमा अस्मिता वम, कोषाध्यक्षमा उपेन्द्र भूषाल र सहसचिवमा लक्ष्मी कँडेल चयन हुनुभएको छ । समितिको सदस्यहरुमा संगीता कैनी र सरु चापागाईं चयन हुनुभएको छ । संघको दोस्रो अधिवेशनले समितिको सल्लाहकार संयोजकमा ईन्द्रराज पौडेल र सल्लाहकार सदस्यमा रञ्जना लामिछानेलाई चयन गरेको छ ।

सोही अवसरमा संघको राष्ट्रिय पार्षदमा बरिष्ठ साहित्यकार तथा स्वतन्त्र पत्रकार गोविन्दराज विनोदी, चित्रकार भिम शर्मा र पत्रकार रामहरि शर्मालाई चयन गरेको छ । संघले प्रदेश पार्षदमा पनि ईन्द्रराज पौडेल र रञ्जना लामिछानेलाई चयन गररेको छ ।
सो अवसरमा स्वतन्त्र पत्रकार महासंघका संस्थापक अध्यक्ष तथा कार्यक्रमका प्रमुख अतिथी कृष्ण प्रसाद वास्तोलाले स्वतन्त्र पत्रकार संघ वास्तवीक पत्रकारहरुको संस्था भएको बताउँदै तथापी यो संस्थाको गरिमा बचाउन स्वतन्त्र रुपमा कलम चलाउनेहरु सक्रिय र सचेन हुन जरूरी रहेको धारणा ब्यक्त गर्नुभयो । उहाँले सवै राजनीतिक दलहरू आफ्नै भएकोले हामीले सवै पार्टीहरूको साथ लिन सकिने बताउनुभयो । पत्रकारहरुले कलम चलाउँदा सहि र सत्यको पक्षमा चलाउनु पर्ने उहाँको धारणा थियो ।
कार्यक्रममा आफ्ना भनाईहरु राख्दै स्वतन्त्र पत्रकार संघका निवर्तमान महासचिव नवराज पहाडीले स्वतन्त्र विचार राख्ने पत्रकारहरु एक्ला एक्लै हुँदा उनिहरूको विचार दविएकोले स्वतन्त्र पत्रकारहरु पनि संगठीत हुन आवश्यक रहेको बताउनुभयो ।

कार्यक्रमको अध्यक्षता समेत गर्नुभएका संघका निवर्तमान जिल्ला अध्यक्ष रामहरी शर्माले स्वतन्त्रताको व्याख्या एउटै मंचमा एउटा(दुईटा वक्ताहरुले मात्र गर्न नसकिने बताउँदै राष्ट्रपति नै स्वतन्त्र नभएको मुलुकमा पत्रकारहरु स्वतन्त्र हुने कुरा सोच्नु चुनौती पूणर् रहेको धारणा ब्यक्त गर्नुभयो । कसैसँग सँगै हिंड्नु पक्ष लिएको नहुने तर उसैको बिचारहरुमा सहमति जनाएमा मात्र पक्ष लिएको ठहरिने उहाँको धारणा थियो ।
कार्यक्रममा वरिष्ठ चित्रकार एवं संस्थाका सल्लाहकार भिम शर्मा, राष्ट्रिय कोषाध्यक्ष सालिकराम पाण्डे, पल्लव साहित्य प्रतिष्ठान ऋषि लामिछाने र बरिष्ठ साहित्यकार तथा स्वतन्त्र पत्रकार गोविन्दराज विनोदीले पनि आआफ्ना भनाईहरु राख्नुभएको थियो । कार्यक्रमको सहजिकरण संघकी नवनिर्वाचित अध्यक्ष सविता तिवारीले गर्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *