कावासोतीमा ट्रक र मोटरसाइकल एक आपसमा ठोकिँदा एक जनाको ज्यान गयो

कावासोती । कावासोतीको खरकट्टामा मोटरसाइकल दुर्घटना हुँदा मध्यविन्दु-३ का २१ वर्षीय अमर अधिकारीको ज्यान गएको छ ।

पुर्वपश्चिम सडक खण्डको कावासोती – २ स्थित खरकट्टा जंगलमा पूर्वबाट पश्चिम तर्फ आउदै गरेको ना २ ख ७५५५ नं। को ट्रक र सोही दिशाबाट आईरहेको लु ४६ प ४७५८ नं. को मोटसाईकल एक आपसमा ठक्कर खाँदा मोटरसाईकल चालक अमर अधिकारीको ज्यान गएको नवलपुर प्रहरीले जनाएको छ ।

दुर्घटनामा गम्भीर घाईते भएका अधिकारीको उपचारको क्रममा मध्यविन्दु जिल्ला अस्पतालमा साझ ६ बजे ज्यान गएको हो ।
त्यसै गरि मोटरसाइकलमा पछाडि बस्ने ममता खाँण घाईते भएको र नवलपुर अस्पतालमा उपचार भईरहेको प्रहरीले जनाएको छ ।

ठक्कर दिने ट्रक र ट्रक चालक दुवै प्रहरी नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *