नवलपुरमा भरुवा बन्दुक सहित एक जना पक्राउ

कावासोती । नवलपुरको मध्यविन्दु – १० बाट भरुवा बन्दुक सहित एक जनालाई नवलपुर प्रहरीले पक्राउ गरेको छ ।

मध्यविन्दु-१० को भित्री सडकमा लु२प ५४४५ नंको मोटरसाइकलमा सवार दलबहादुर थापालाई भरुवा बन्दुक, बन्दुकमा प्रयोग हुने १८ थान सिसाको गोलि, ५४ ग्राम बारुद र १६ थान पटका सहित अधेरी खोला भन्ने स्थान बाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रवक्ता मधुसूदन सिहंले बताए ।

पक्राउ परेका थापालाई हातहतियार तथा खरखजाना मुद्दामा कार्वाही प्रक्रिया अगाडि बढाईएको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *