कालिका संस्कृत विद्यापीठले मुख्यमन्त्रीलाई सम्मान कार्यक्रम सम्पन्न

गैँडाकोट, भाद्र ५। कालिका संस्कृत विद्यापीठले गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री कृष्णचन्द्र नेपालीको सम्मानमा समायोजित कार्यक्रम सम्पन्न गरिएको छ । शनिबार कालिका संस्कृत विद्यापीठका सञ्चालक समितिका संस्थापक अध्यक्ष तिलक प्रसाद सापकोटाको अध्यक्षतामा भएको कार्यक्रममा गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली प्रमुुख अतिथीको रुपमा रहनु भएको थियो ।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुुख अतिथी नेपालीले भन्नुभयो “अहिले प्रतिस्पर्धात्मक जमाना भएकाले राजनितीक क्षेत्रमा, धार्मिक क्षेत्रमा, संस्कृतिक क्षेत्रमा हर क्षेत्रमा प्रतिस्पर्धा भएको छ । यो प्रतिस्पर्धात्मक र रचनात्मक पतिस्पर्धाको आधारमा मुुलुक अगाडी बढि रहेको छ । यसै सन्दर्भमा हाम्रो समाज, हाम्रो संस्कृती हाम्रो गौरव बनेको छ । हाम्रो भाषा र संस्कृतीले गर्दा विश्वमै आफ्नो एउटा महत्व बोकेको छ । यसलाई जोगाइ राख्नु हाम्रो दायित्व हो ।”
यसैगरि प्रमख अतिथी नेपालीले संस्कृत भाषालाई आफ्नो भाषाको रुपमा मात्र नभई अहिलेको विज्ञान प्रविधीसंग जोडेर अगाडी बढी यो अवस्था सम्म ल्याइएकोमा सञ्चालक समिती लगायत सबैलाई धन्यवाद ज्ञापन गर्नुभएको थियो ।
आफु मुख्यन्त्री भएको हैसियतले कक्षा सञ्चालन गर्नका लागि प्रदेश सरकारबाट हुन सक्ने सहयोग गरिरहने प्रतिवद्धता जनाउनुभएको थियो ।

विद्यापीठका अध्यक्ष सापकोटाले प्रदेश सरकारबाट आएको सहयोगले सबैसँग सल्लाह गरि विकासका पूर्वाधारहरु निर्माण गर्ने बताउनु भयो ।

स्वर्गिय पुर्वप्रधानमन्त्री गिरिजा प्रसाद कोइराला र तत्कालिन प्रधानमन्त्री माधव कुमार नेपालको सक्रियता र संघिया सांसद डा। शशांक कोइरालाको संरक्षत्वमा वि।स। २०६० सालमा स्थापना भएको उक्त विद्यापीठले संस्कृतीको संरक्षण गर्दै आइरहेको विद्यापीठका प्राचार्य रामचन्द्र कण्डेलले बताउनुभयो ।

विद्यापीठका उपाध्यक्ष मदन भक्त अधिकारीले मन्तव्य मार्फत स्वगत गर्नभएको उक्त कार्यक्रमको सहजिकरण विद्यापीठका प्राचार्य कण्डेलले गर्नुभएको थियो ।
कार्यक्रममा गण्डकी प्रदेश सांसद विष्णु लामिछाने, मुख्यमन्त्रीका राजनिक सल्लाहकार खड्क बहादुर कुमाललगायत विभिन्न संघसंस्थाका प्रतिनिधीहरुको उपस्थित रहेको थियो ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *