बालुवाटारमा रस्साकस्सी भानु देउवा प्रमको प्रमुख स्वकीय सचिव नियुक्त

प्रधानमन्त्री शेरबहादुर देउवाको प्रमुख स्वकीय सचिवमा भानु देउवा नियुक्त भएका छन् । भानुले नै सो जिम्मेवारी निभाउँदै आए पनि उनले औपचारिकरुपमा नियुक्ति भने पाएका थिएनन् ।

बालुवाटारमा प्रधानमन्त्रीको प्रमुख स्वकीय सचिव कसलाई बनाउने भन्ने विषयमा रस्साकस्सीका कारण लामो समय सो पदमा औपचारिक नियुक्ति हुन सकेको थिएन । प्रथम महिला आरजु राणाले प्रकाश देउवालाई सो पदमा नियुक्त गर्न चाहेकी थिइन् । प्रकाश देउवा लामो समय आरजुकै स्वकीय सचिवका रूपमा काम गर्दै आएका छन् । जसले गर्दा लामो समयसम्म पनि को प्रमुख स्वकीय सचिव बन्नेमा अन्योल रह्यो । प्रधानमन्त्री देउवाको यसअघिको प्रधानमन्त्री कालमा पनि भानु देउवा नै प्रमुख स्वकीय सचिव थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *