सामुदायिक रेडियो विजय एफएम गौरवमय १८ औँ वर्षमा

गैँडाकोट,भदौ ५। सामुदायिक रेडियो विजय एफएम १०१।६ आजदेखि गौरवमय १८ औँ वर्षमा प्रवेश गर्दैछ । विजय विकास स्रोत केन्द्र र विकू बचत तथा ऋण सहकारी संस्था लिमिटेडको अगुवाइमा २०५७ सालमा स्थापित विजय सामुदायिक सूचना तथा सञ्चार सहकारी संस्थाले सामुदायिक रेडियो विजय एफएम सञ्चालन गरेको हो । जिल्लाकै पहिलो र बढी प्रसारण क्षमता रहेको यस रेडियोले ‘सत्य–तथ्य सूचनाको सञ्चार, जनसशक्तीकरणको मूल आधार’ भन्ने भावनालाई आत्मसात् गर्दै कार्यक्रमहरूलाई अघि वढाएको छ । रेडियोले सत्र वर्षको यस यात्रामा विपन्न समुदायको आवाज, समावेशी आवाज र विकासका लागि सञ्चारको भूमिकाका रूपमा काम गर्दै आएको छ ।

वार्षिकोत्सवको पूर्व सन्ध्यामा रेडियोले विगतका वर्षहरुमा विभिन्न संघसंस्थासंग अन्र्तक्रिया गर्दै समाजको आवश्यकता र समस्याका बारेमा अन्तक्रिया गर्दै आएको थियो । कोभिड १९ को कहरका बीच भौतिक रुपमा स्रोता आफन्त समक्ष जान असमर्थ रहेपनि रेडियो र आवाजका माध्यमबाट जनचासोका सवालहरुमा काम गर्न संस्था प्रतिवद्ध रहेको संस्थाका अध्यक्ष भूमिराज चापागाईंले बताए । कोरोना त्रासका बीच भव्य कार्यक्रम गर्न नसकिएको जनाउँदै उहाँले रेडियोलाई यस स्थानसम्म ल्याई पु¥याउन सहयोग गर्नुहुने सबैमा आभार व्यक्त गरेका छन् । अध्यक्ष चापागाईंले सामुदायिक रेडियोले यस वर्ष जनस्वास्थ्यका सवालहरुलाई पहिलो प्राथमिकतामा राखेर काम गरेको समेत बताउनुभयो । रेडियोले अहिले पनि विजय विकास स्रोत केन्द्रसंगको सहकार्यमा स्वास्थ्य सम्बन्धि विभिन्न कार्यक्रम उत्पादन गरेर जिल्ला अन्य संचारमाध्यमबाट प्रसारण गर्दै सचेतना फैलाउने काम गरिरहेको सामुदायिक रेडियो विजय एफएम १०१।६ का स्टेशन म्यानेजर श्रीधर उपाध्यायले बताए ।
यसैगरी यस सहकारीले वि।सं। २०७२ सालबाट विजय खबर पत्रिका सञ्चालन गरेको छ । सञ्चारका यी दुवै माध्यमबाट यस सहकारीले समाजमा सुशासन, विकास, सकारात्मक सोच, सकारात्मक सोचका लागि जागरण, समाजमा सूचनाको पहुँच स्थापित गर्नका लागि निरन्तर सूचना प्रवाह गर्दै आएको विजय एफएम तथा विजय खबर पत्रिका सञ्चालक संस्था विजय सामुदायिक सूचना तथा सञ्चार सहकारी संस्था लिमिटेडका अध्यक्ष भूमिराज चापागार्इंले जानकारी दिए ।

कोभिड १९ का कहरकाबीच रेडियो सञ्चालनमा चुनौती भएपनि व्यवसायिक पत्रकारिताको सुरक्षा र व्यवस्थापनका लागि आफुहरु कटिवद्ध र सचेत रहेको संस्थाका सचिव गिरिराज लम्सालले बताए । कोभिडका कारण विभिन्न क्षेत्रमा प्रत्यक्ष प्रभाव पर्नु र त्यसको सिधा असर रेडियोको आन्तरिक स्रोतमा परिरहेको छ । यस्तो अवस्थामा संस्थागतहित कायम गर्दै पत्रकारको रोजगारीको सुरक्षालाई बडो गम्भिरतपूर्वक लिएर काम गरिरहेको संस्थाका कोषाध्यक्ष भानु रिमालले बताउनुभयो ।

यसैविच १८ औँ वर्ष प्रवेशको अवसरमा भौतिक उपस्थिति सहितका विशेष कार्यक्रमहरु गर्न असमर्थ रहेको जनाउँदै स्टेशन म्यानेजर श्रीधर उपाध्यायले टेलिफोन मार्फत शुभकामना आदान प्रदान कार्यक्रम मात्रै गर्ने बताउनुभएको छ । रेडियो सञ्चालक र संस्थापक संग विहान साढे ७ बजेदेखि साढे ९ बजेसम्म, विहान साँढे १० देखि १२ बजेसम्म जनप्रतिनिधिसंग शुभकामना साक्षात्कार कार्यक्रम गरीने उपाध्यायले जानकारी दिनुभयो । त्यस्तै दिउँसो साँढे १ बजेबाट साँढे ३ बजेसम्म व्यवसायिक पार्टरन र स्रोता आफन्तसंग र बेलुका रमाइलो साँझको समय कलाकारहरुसंग शुभकामना लिने तालिका तय भएको स्टेशन म्यानेजर उपाध्यायले जानकारी दिनुभो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *