लागू औषधमा पत्रकार फसाउने प्रकरण एसपीमाथि छानबिन सुरु

काठमाडौं । पत्रकारलाई फसाउन आफैंले लागूऔषध राखेर पक्राउ गरिएको घटनामा रौतहटका प्रहरी प्रमुख प्रहरी उपरीक्षक ९एसपी० सिद्धिविक्रम शाहमाथि छानबिन सुरु भएको छ ।

प्रहरी प्रधान कार्यालयले प्रहरी वरिष्ठ उपरीक्षक कृष्ण महतको नेतृत्वमा छानबिन समिति गठन गरेको हो । प्रहरी प्रवक्ता एसएसपी बसन्त कुँवरका अनुसार समितिमा एसएसपी महतोसहित चार सदस्य रहेका छन् ।

घटनाको वास्तविकता र जिल्ला प्रहरी प्रमुख तथा प्रहरी कर्मचारीको भूमिकाबारे छानबिन गर्न समिति गठन गरिएको कुँवरले बताउनुभयो । शाहलाई जिम्मेवारीबाट मुक्त गर्न नवगठित समितिले प्रधान कार्यालयलाई सुझाब दिइसकेको छ ।

गत साउन ३२ गते गौरबाट मोजिबुल्लाहको बीआर ३० एस १८८७ नम्बरको मोटरसाइकलबाट प्रहरीले लागुऔषध नाइट्राभेट १०५ ट्याब्लेट बरामद गरेको थियो । उक्त मोटरसाइकलमा मोजिबुल्लाह र शेख सवार थिए ।

लागूऔषधसहित आफूहरुलाई पक्राउ गरेपछि पत्रकारद्वयले आफूहरु निर्दोष रहेको र फसाउनका लागि योजनाबद्ध तरिकाले लागुऔषध राखिएको बताएका थिए ।

महासंघको रौतहट शाखाले घटनास्थलको सीसीटीभी फुटेजसमेत निकालेर हेरेको थियो । सीसीटीभी फुटेजमा दुई जना युवा मिलेर पत्रकार सवार मोटरसाइकलमा लागूऔषध राखेको देखिएको थियो ।

लागूऔषध राख्नेमा रौतहटको माधवनारायण नगरपालिका–१ का २४ वर्षीय धिरज यादव र सर्लाही रामनगर गाउँपालिका–१, बहुअर्वा बस्ने २३ वर्षीय जितेशकुमार यादव रहेको खुलेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *