कमेडियन खबपु स्कुटर दुर्घटनामा घाइते

काठमाडौं। हाँस्य कलाकार खड्गबहादुर पुन खबपु स्कुटर दुर्घटनामा परेका छन् । बिहीबार साँझ ७ बजे उनी स्कुटर दुर्घटनामा परेका हुन् ।

काठमाडौंको बाँनियाटारस्थित घरबाट बाहिर निस्कने क्रममा बिपरीत दिसाबाट आएको ट्रकलाई साइट दिने क्रममा स्कुटी चिप्लिएर दुर्घटनामा परेका हुन् । दुर्घटनामा अनुहार, हात र खुट्टामा चोट लागेको उनका साथी नवराज थापाले जानकारी दिए ।

‘खबपु बिहीबार राति नै सामान्य उपचारपछि घर फर्किएका छन्’ थापाले भने ‘अहिले उनको अवस्था सामान्य रहेको छ ।’ खबपु दुर्घटना परेको ठाउँको बाटो साँघुरो भएकाले पनि सो घटना भएको थापाको भनाइ छ । उनको स्कुटी पनि सामान्य क्षति भएको छ ।

नेपालको पहिलो स्ट्याण्ड–अप कमेडी रियालिटी शो ‘कमेडी च्याम्पियन’ सिजन–१ मा उत्कृष्ट ३ भित्र पर्न सफल उनी पछिल्लो समय फिल्म, सिरियल तथा कमेडी कार्यक्रममा ब्यस्त छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *