कावासोती खानेपानीको पाइप बगायो, ५ र ६ मा पानी बितरणमा समस्या हुने

दयाराम आचार्य, कावासोती ।
अविरल वर्षाका कारण कावासोती खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाको हात्तीखोर नजिक खानेपानीको पाइप बाढीले बगाएको छ । कावासोती नगरपालिका वडा नम्बर १ स्थित केरुङ्गे खोलामा रहेको खानेपानीको मुहान देखी दुई किलोमिटर तल को स्थानमा करिब डेढ किलोमिटर पाइप बगाएको कावासोती खानेपानी तथा सरसफाइ संस्थाका अध्यक्ष भिमलाल कँडेलले बताउनुभयो । केरुङ््गे खोलामा आएको बाढीले पाइपमा क्षति पुर्याएको अध्यक्ष कँडेलले बताउनुभयो ।
खानेपानीको पाइप बगाएपछि कावासोती वडा नम्बर ५ र ६ मा पानी वितरणमा समस्या हुने उहाँले बताउनुभयो । आजको दिनका लागि मौज्दात रहेको पानीले धान्ने भएपनि त्यसपछि पाइप मर्मत नगरी पानी बितरण गर्न समस्या हुने उहाँले बताउनुभयो ।
पाइप मर्मतका लागि अहिले बाढीका कारण असम्भव रहेकाले पानी कम हुने बित्तिकै अहिले अस्थाई रुपमा पाइपको जडान गरि खानेपानी सुचारु गरिने छ । स्थायी रुपमा मर्मतका लागि भने केही समय लाग्ने अध्यक्ष कँडेलले बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *