नवलपुरमा मा कल्भर्ट बगाउँदा राजमार्ग ठप्प,चाँडै मर्मत हुन कठिन

गैँडाकोट, भदौ ११ । हिजो विहानै देखि परेको निरन्तर वर्षापछि आएको बाढीले पूर्वपश्चिम राजमार्गको गैँडाकोट १० तेइस स्मृति पुल नजिकको डाइभर्सन बगाएको छ । खोलाले ठूलै क्षती पुर्याएर वगाएकाले सवारी साधन आवतजावत ठप्प रहेको इलाका प्रहरी कार्यालय गैँडाकोटकी प्रमुख लक्ष्मी पाण्डे खनालले जानकारी दिनुभयो ।

हिजो राति ९ बजेदेखि पूर्वपश्चिम राजमार्ग ठप्प रहेको र एम्वुलेन्स सव वाहन समेतलाइ अहिले अस्पतालमै फर्काइएको उहाँले जानकारी दिनुभयो ।

उहाँका अनुसार उक्त कल्भर्ट मर्मतका लागि दुई तीन दिन नै लाग्ने छ । तर आजदेखिनै मर्मतको कार्य भने सुरु हुने जानकारी दिनुभयो । नवलपुर प्रहरीका अनुसार भदौ १० गते देखि परेको अविरल बर्षातको कारण गैडाकोट तेईस स्मृती पुल स्थित पूर्व पश्चिम राजमार्गमा रहेको डाईभर्सन बगाएको तथा थुम्सी स्थित पूर्व पश्चिम राजमार्गमा रहेको डाईभर्सन, गैडाकोट १० सशस्त्र वेश क्याम्प नजिकै रहेको डाईभर्सन, गैडाकोट ११ भेडाबारी स्थित रहेको डाईभर्सनमा समेत बर्षातको कारणले पानी भरिन गई डाईभर्सन जोखिमपूर्ण अवस्थामा रहेको र बिनयी त्रिबेणी २ दाउन्ने स्थित पूर्व पश्चिम राजमार्गमा माथिबाट पहिरो आई पूर्व पश्चिम राजमार्ग दुई तर्फी नै अवरुद्ध भएको छ । प्रहरी टोली खटी दुईतर्फी नै खुलाउने पहल भईरहेको छ ।

त्यस्तै थुम्सीका विभिन्न ठाउँमा गएराति पहिरो खसेको छ । पहिरो खस्दा ट्रकका स्टाफ चितवन रत्ननगर १६ बस्ने वर्ष ३६ का केदार तिवारी घाइते भएका छन् । ढलेको रुख पन्छाएर ट्रकतर्फ फर्कदै गर्दा अर्को रुख ढलेर क्षती पुर्याएको हो । हात खुट्टामा चोट भएको उहाँको चितवन मेडिकल कलेजमा उपचार भइरहेको इलाका प्रहरी कार्यालय गैँडाकोटले जानकारी दिएको छ ।

थुम्सीमा खसेको पहिरोका कारण गैँडाकोटमा विद्युत सेवा पनि अवरुद्ध भएको छ । नेपाल विद्युत प्राधिकरण गैँडाकोट प्रशाखा प्रमुख सुजन रिजालका अनुसार थुम्सी जंगलमा पहिरोले विद्युतको पोलमा क्षती पुगेकोछ । आज मर्मत सुरु हुने र लाइन आउने उहाँको भनाई छ । डिएसपी दिलीप गिरीका अनुसार दाउन्ने कावासाती तर्फपनि पहिरोले राजमार्ग अवरुद्ध भएको र जिल्लाभरको क्षतीको विवरण संकलन सुरु भएको जानकारी दिनुभो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *