अलपत्र यात्रुसँग चर्को मूल्य लिएर सामान बेच्नेलाई कारवाही गर्न माग

पवित्रा पराजुली

गैँडाकोट, भदौ १३ । लगातार परेको झरीका कारण पूर्व पश्चिम राजमार्गको गैँडाकोट खण्ड अवरुद्ध छ । सडक अवरुद्ध हुदा गैँडाकोटमा सयौँ यात्रु र चालकहरु अलपत्र परेका छन् । बिहीवार राती गैँडाकोट नगरपालिका वडा नं। १० को २३ स्मृतिपुलको डाईभर्सन बाढीले बगाएको थियो ।

डाईभर्सन अझै पूर्णरुपमा संचालन हुन नसक्दा लामो दुरीका यात्रुले सास्ती खेप्नुपरेको छ । सास्ती खेप्नु त छ नै, वीच बाटोमा अलपत्र यात्रुलाई खाद्य सामाग्री विक्रि गर्न गएकाहरुले अस्वभाविक मूल्य लिएर विक्रि वितरण गरेको गुनासो गर्दै तिनीहरुलाई कारवाही गर्न माग गरेका छन् ।

काठमाण्डौँ देखी प्युठान जान हिड्नु भएका रमेश केसी ४ दिनदेखी सडकमै अलपत्र पर्नुभएको छ । जङगलको वीचमा सडक बिग्रीएकाले खानेकुरा किन्नकै लागी पनि टाडा पुग्नुपर्ने बाध्यता छ ।त्यसैमाथी १० रुपयाँ पर्नेलाई रु। ५० मा किन परेको गुनासो छ उहाँको । २० रुपैयाको पानी ५० रुपैयामा किन्नुपरेको भन्दै सम्वन्धीत पक्षले के हेरेको होला भन्दै प्रश्न गर्नुहुन्छ ।
अलपत्र परेका वालवालिकालाई अझ कठिन भइरहेको छ । जाउलो भन्दा केही खान नहुनेहरु वाध्य भएर चाउचाउमा दिन काट्नु परेको छ । बिहिवार राति ९ वजेदेखि अवरुद्ध भएको सडक सञ्चालनमा नआउँदा सयौ यात्रुुहरुले सास्ती व्यहोर्नु परेको छ । पूर्वपश्चिम राजमार्गको बुटवल नारायगण सडक खण्ड ४ दिनदेखी पुर्णरुपमा संचालनमा आउन नसक्दा लामो दुरीका यात्रीहरु गैँडाकोटको भेडावारी जंगलमा अलपत्र परेका छन् ।

सडक बनाउने कुरामा सम्बन्धित निकायले समयमै चासो नदिदाँ लामो समयदेखी यात्रुहरुले सास्ति खेप्नु परेको गुनासो यात्री नारायण रानाको पनि छ । गैँडाकोट नगरपालिका वडा नं। १० को २३ स्मृतिपुलको डाईभर्सन बाढीले बगाएपछि माटो गिटि राखेर भएपनि एकतर्फि सञ्चालनमा ल्याउने प्रयास भएको छ ।

 

हिलो माटोमा गाडिहरु फसेपछि यातायात सञ्चालनमा कठिनाई भैहरेको हो ।पानी नरोकिदा सम्म पूर्ण रुपमा सडक संचालनमा आउन कठिन हुने बताउनुहुन्छ । नवलपुर जिल्लाका प्रहरी नायब उपरीक्षक दिलिप कुमार गिरीले डाइभर्सन बनिसकेको तर त्यहाँ राखिएको माटो र ग्राभेल जम्न नपाउँदा सवारी वारपारमा समस्या भएको बताउनुभयो ।
यसअघि पनि सोहि स्थानको डाईभर्सन बाढीले बगाएपछि लामो समयसम्म यात्रुहरुले सास्ती व्यहोरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *