नवलपुरको पहाडी भेग जोडने सबै सडक पहिरोले अवरुद्ध, दैनिक उपभोग्य सामानको अभाव

सन्जय भट्टराईरकावासोती ।
विगत केहि दिन भएको अविरल वर्षात पछि खसेको पहिरोले नवलपुरको पहाडी क्षेत्रलाई मुख्य राजमार्ग र सदरमुकाम सँग जोडने सबै सडक अवरुद्ध भएका छन ।

पाँच दिन सम्म परेको अविरल वर्षाले गैंडाकोट, दलदले, कावासोती, झ्यालबास, अरुणखोला दुम्किबास हुँदै जिल्लाका पहाडी क्षेत्र जोडने सबै जसो सडकका अधिकांश स्थानमा पहिरो जादा पहाडी क्षेत्र यातायात सम्पर्क बाट बिच्छेद भएको हो ।

यातायात सम्पर्क बिच्छेद भए पछि पहाडी क्षेत्रमा दैनिक उपभोग्य सामाग्रीको अभाव सुरु हुन लागेको छ भने गम्भीर बिरामी भएर सदरमुकाम र चितवन सम्म पुग्नु पर्ने बिरामीहरु समस्यामा परेका छ्न ।

बिहिबार देखि परेको अविरल वर्षाको कारणले ठाउँ ठाउँमा पहिरो खस्दा एक वाड बाट अर्को वार्ड हिडेर जान पनि गार्हो भएको बौदीकाली वडा नं १ का अध्यक्ष टोलनाथ कंडेलले बताए । अत्यावश्यक कामका लागि पैदल यात्रा गरेर सदरमुकाम आउन र फर्किन ठूलो जोखिम मोल्नु पर्ने अवस्था रहेको अध्यक्ष कंडेल बताउछ्न । “सडक बन्द भए पछि पहाडी क्षेत्रका बजारमा दैनिक उपभोग्य वस्तुको अभाव भएको छ, सिकिस्त बिरामीलाई अस्पताल पुर्‍याउन नसकिने अवस्था छ,” कंडेलले भने ।

 

कालीगण्डकी करिडोरको गैंडाकोट( बुलिङ्गटार सडकको दर्जन भन्दा धेरै ठाँउमा पहिरो खसेको छ । त्यसै गरि दलदले(डेढगाउँ र दलदले बुलिङ्गटार सडक पनि पहिरो खसेर पुर्णरुपमा आवत जावत गर्न बन्द भएको सेतिनाग मा।विका प्रधानाध्यापक खिम सुस्लिङ्गले बताए । “यातायात पुर्णरुपमा अवरुद्ध छ, ठाउँ ठाउँमा पहिरो खसेर र साना खोलाहरुमा बाढी आएर हिडेर एक ठाउँ देखि अर्को ठाँउ जान कठिन छ,” सुस्लिङ्गले भने । पहाडी क्षेत्रका सबै जसो बाटोमा पहिरो खसे पछि कोरोना संक्रमण कम भएर खुलेका बुलिङ्गटारका विद्यालयहरुमा पुग्न विद्यार्थीहरुले पनि जोखिम मोल्नु परेको समेत सुस्लिङले बताए ।

लगातार परेको वर्षाको कारण सडकमा खसेको पहिरो पन्छाएर सडक सुचारु गर्न नसकिएको बुलिङ्गटार गाउँपालिकाका अध्यक्ष शशी किरण बस्ताकोटिले बताए । पानी रोकिन साथ पहिरो पन्छाएर सडक खोल्ने काम गरिने बस्ताकोटी बताउछ्न ।

 

वर्षायाममा पहिरो खसेर सडक अवरुद्ध हुने समस्या हरेक वर्ष हुने गरेको बताउदै गण्डकी प्रदेश सभा सदस्य एवं काङ्ग्रेस जिल्ला सभापति विष्णुप्रसाद लामिछानेले जिल्लाको पहाडी क्षेत्रलाई मुख्य राजमार्ग सँग जोडनका कालोपत्र सडक तत्काल आवश्यक भएको बताए । “मुख्य राजमार्ग जोडने पहाडी क्षेत्रका सडकहरुको स्तर उन्नति गरेर मात्रै हुदैन बलियो सडक चाहिन्छ, यसका लागि प्रदेश र संघीय सरकार सँग आवश्यक समन्वय गरेर काम अगाडि बढेको छ,” लामिछानेले भने । अवरुद्ध सडकको पहिरो पन्छाएर तत्काल सडक सुचारु गर्न समेत लामिछानेले सम्बन्धित निकायको ध्यानाकर्षण समेत गराएका छ्न ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *