गैँडाकोट एकमा ८ जना सभापतिका आंकाक्षी, नगरसभापतिमा बद्रि सापकोटाको उम्मेद्वारी घोषणा

गैँडाकोट। नेपाली काँग्रेसको १४ औँ महाधिवेशनको चुनावी सरगर्मी गँैडाकोटमा सुरु भएको छ । आज गैँडाकोट १ मा भएको वडा भेलामा वडा सभापति पदका लागि ८ जनाले आंकक्षा प्रकट गरेका छन् । वडा सभापतिको आंकक्षीमा लक्ष्मी चालिसे, ठाकुरप्रसाद सापकोटा, लालमणि पौडेल, श्यामसुन्दर पराजुली, शिवराज काफ्ले, गणेश उपाध्याय, सुनिल ढकाल, गुरुप्रसाद सापकोटा रहेका छन् ।

वडा भेलामा वडा उपसभापतिमा गोविन्द पौडेल, वडा समिति सचिवमा ३ जना, वडा सहसचिवमा सावित्री अर्जेल, कोषाध्यक्षमा टिकाराम काफ्ले, वडा समिति सदस्यहरुमा २१ जना भन्दा बढी, नगर सदस्यमा ३ जना, क्षेत्रीय प्रतिनिधिमा ७३ जनाले आंकाक्षा देखाएका छन् । क्षेत्रीय प्रतिनिधिको रुपमा गैँडाकोट १ बाट करिब ४६ जना छनोट हुनेछन् ।

सहमतिबाट समिति तथा प्रतिनिधिहरुको टुंगो लगाइने र त्यसका लागि ब्यापक छलफल जारी रहेको काँग्रेस वडा सभापति शिवराज काफ्लेले बताउनुभयो ।


वडा भेलाकै क्रममा नेपाली काँग्रेसका युवा नेता बद्रि सापकोटाले गैँडाकोट नगरसभापतिका लागि उम्मेद्वारी घोषणा गर्नुभएको छ । पहिलो पटक आफु क्रियाशील रहेको वडाको भेलाबाटै औपचारिक रुपमा नगरसभापतिमा सापकोटाले उम्मेद्वारी घोषणा भएको हो । नेपाली काँग्रेसलाई बलियो र युवा पार्टीको रुपमा परिचित गराउन आफूले भूमिका खेल्ने सापकोटाले बताउनुभएको छ ।

कोभिड १९ को संक्रमणको जोखिमको समय भएता पनि करिक दुई तीन सय क्रियाशील सदस्यहरुको उपस्थिति रहेको थियो । नवलपुरमा भदौ २१ गते वडावडामा १४ आँै महाधिवेशन अन्तर्गत निर्वाचन कार्यक्रम तोकिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *