नवलपुरका सबै विद्यालयहरु तिज पछि खुल्ने

नवलपुर । नवलपुरका सबै विद्यालयहरु तिज पछि खुल्ने भएको छ ।
विपद् व्यवस्थापन समिति नवलपुरको वैठकले तिज पछि सबै विद्यालय खुल्ने गरी तयारी गर्न निर्देशन सहितको निर्णय गरेको नवलपुरका प्रमुख जिल्ला अधिकारी मनमाया पंगेनीले बताइन् ।

नयाँ शैक्षिक सत्रदेखि खुल्न नसकेका नवलपुरका विद्यालयहरु तिज लगतै खुल्ने भएका हुन् ।
प्रमुख जिल्ला अधिकारी पंगेनीले तिज अगाडि विद्यालयहरु सरसफाई लगायतका सबै काम पुरा गरेर खोल्नका लागि तयारी गर्ने र तिज पछि विद्यालय खोल्ने गरी निर्णय भएको बताइन् ।

 

 

जिल्ला विपद् व्यवस्थापन समितिले निर्णय गरेपनि कुन दिनबाट विद्यालय खोल्ने भन्ने निर्णय भने सम्बन्धित पालिका स्तरका समितिले गर्न सक्ने छन् ।

कावासोती नगरपालिकाले पनि भदौ २७ गते आइतबारबाट विद्यालय खोल्ने निर्णय गरिसकेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *