नवलपुरमा कांग्रेसको १४ औँ महाधिवेशनको सरगर्मी बढे पछि, क्षेत्रीय सभापतिमा रानाभाटको चर्चा

यामु कुमाल

नवलपुुर । नेपालीकांग्रेसको १४ औँ महाधिवेशनको सरगर्मी नवलपुर जिल्लामापनि बढेको छ । जिल्लाकाशिर्ष नेताहरु यतिखेर गाउँगाउँमाभोटकालागि दौढधुप गरेको देख्न सकिन्छ । आफ्नाआफ्ना गुट उपगुट बनाएर चुनाबी मैदानमा उत्रिएका छन् । यसैविच नेपालीकांग्रेसको १४ औँ महाधिवेशनमा नवलपुरक्षेत्र नं १ को क्षेत्रीय सभापतिमा नेपालीकांग्रेसका युवा नेता होमराज रानाभाटको पनि चर्चा आउनथालेको छ ।

पार्टीको समितिमाचुनाव लड्ने मनसायका साथ उनी मैदानमाउ त्रिइसकेका छन् । चुनाव र आफ्नो उम्मेदवारीका सम्बन्धमा उनले पार्टीका विभिन्न तहका नेताहरुसंग छलफल तीव्र बनाएका छन् ।
महामन्त्री डा।शसाकं कोइरालाको निर्बाचन क्षेत्र नं १ मा क्षेत्रीय सभापतिको आकाक्षीधेरै जना देखिए पछि कस्ले बाजीमार्ला अनुमानगर्न अहिल्यै मुश्किल भएको जानकारहरु बताउँछन । पार्टी निर्बाचनमा दुबै पटक लोकप्रिय मतहासील गर्ने होमराज रानाभाट लोकप्रिय नेताका रुपमाजिल्लामा चिनिन्छन र रानाभाटलाई पार्टी सचिबका रुपमा हेरिएको भएपनि रानाभाटको पहिलो ईच्छा भने क्षेत्रीय सभापति नै हुने जिल्लाका अन्य नेताहरुको भनाई रहेको पाईन्छ ।
रानाभाट पार्टीको १२औं१३औँमहाधिवेशनमा दुई कार्यकाल जिल्ला सदस्यमा निर्वाचित भईसकेका छन् । अहिले क्षेत्रीय सभापतिमा रानाभाट बलियो उम्मेदवार भएको उनीसंग नजिक रहेका कांग्रेस नेताहरुले बताएका छन् ।लामो समय पत्रकारिता गरेका कारणले पनि जिल्लामा चुनाव जित्न रानाभाटलाई सहज हुने एक नेताले बताए ।
रानाभाटलाई सञ्चार जगतमा प्रभावशाली व्यक्तित्वका रुपमा लिइन्छ । करिब तिनदशकपत्रकारिता गरेका रानाभाट नेपाल प्रेस युनियन र नेपालपत्रकार महासंघको अध्यक्ष भएर काम गरेकाथिए । देववडाचुली माध्यामिकविद्यालयको विद्यालय व्यवस्थापन समितिको अध्यक्ष समेत भएर काम गरेका रानााभाट विभिन्न संघसस्थामापनि रहेर सामाजिक कार्य गर्दै आएका छन् ।
रानाभाटको पार्टीका केन्द्रीय देखि जिल्लाका सवै तहका नेताहरुसंग निकट सम्बन्ध रहेको छ । मोफसलमा रहेर पनि केन्द्रमा सोझै सम्पर्क स्थापितगर्न सक्ने र केन्द्रीय नेताहरुले पनि राम्रै विश्वास गरेका व्यक्तित्वमा पर्दछन् रानाभाट । कार्यकर्ता माझभिज्न सक्ने नेताका रुपमा रानाभाटले आफनो पहिचान कायम गरिसकेका छन् ।

साथै नवलपुर जिल्ला उच्चतहका नेताहरुका साथै सबै संघ–संगठनका नेताहरुसंग पनि उनको सम्बन्ध प्रगाढ रहेको छ । रानाभाट पार्टी भित्रमात्रै होइन पार्टी बाहिर अन्य पार्टीका नेताहरुलाई पनि रिझाउन सक्ने खुबी राख्छन् । यसैका कारणले पनि उनलाई क्षेत्रीय सभापतिमा चुनाव जित्न सहजहुने ठानिएको छ ।
कुनै समय शिक्षण पेशामा रहेका रानाभाट करिब चार दशकदेखि पार्टीको राजनीतिमा कुनै न कुनै भूमिकाबाट सक्रिय छन् । । रानाभाटले नेतामुखी भन्दा जनमुखी भएर कार्य गर्नै अठोटका साथ चुनाबी मैदानमा उत्रिएको बताउँदै आएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *