प्रदेश स्तरीय फोटोग्राफी प्रतियोगिताको उत्कृष्ट दशमा नवलपुरकी पत्रकार यामु कुमाल

नवलपुर । पूर्वी नवलपरासीकी पत्रकार यामु कुमाल प्रदेश स्तरीय फोटोग्राफी प्रतियोगिताको उत्कृष्ट दशमा पर्न सफल भएकी छन् । फोटोग्राफर संघ गण्डकी नेपालद्वारा आयोजित उक्त प्रतियोगितामा गण्डकी प्रदेशका ११ जिल्ला र अन्य प्रदेशकोगरी १ सय ४५ फोटोहरु सहभागी थिए । फोटो पत्रकार कृष्णमणि बराल र घनश्याम पौडेलको निर्णायक समितिद्वारा उत्कृष्ट एघारको छनौट गरिएको हो ।

पूर्वी नवलपरासीको कावासोती नगरपालिका १५ स्थित अमलटारी मध्यवर्ती सामुदायिक सिमा क्षेत्रको खोलामा रमाउदैँ गरेको हात्तीको फोटो पत्रकार कुमालले उक्त फोटो प्रतियोगितामा आफुले खिचेको फोटो पठाउनु भएको थियो । फोटोग्राफर संघ गण्डकी नेपालले १ सय ८२ औँ विश्व फोटोग्राफी दिवस र आफ्नो संघको स्थापना दिवसको अवसरमा पहिलो पटक प्रतियोगिता गरेको हो । संघले प्रकृति तथा वातावरण सम्वन्धित विधामा भदौ ३ देखि १८ गतेसम्म अनलाईन फोटोग्राफी प्रतियोगिता २०७८ सञ्चालन गरेको थियो ।

कुमालको फाटो संगै अन्य काठमाडौँ , कास्की र पर्वतका फोटोहरु दश उत्कृष्ट परेका छन् । गत भदौ ३ मा सुरु भएको प्रतियोगिताको उत्कृष्ट १० को घोषणा भदौ २० गते गरिएको थियो । पत्रकार कुमाल पूर्वी नवलपरासीको कावासोती नगरपालिका २ मा रहेको बुद्ध दर्शन टेलिभिजनकी समाचार वाचिका एवम् रिपोर्टर हुन् भने काठमाडौँमा रहेको खबरदानी अनलाईन पत्रिकाको समाचार शाखामा आबद्ध रहेकी छिन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *