बुलिङटारमा पाँच वडाहरुमा सर्वसम्मत एक वडामा निर्वाचन, क्षेत्रीय प्रतिनिधि स्थगित

बुलिङटार । नेपाली काँग्रेसको चौधौँ महाधिवेशन अन्तर्गत सोमबार भएको वडाहरुको निर्वाचनमा पाँच ओटा वडाहरुमा सर्वसम्मत र एउटा वडामा निर्वाचन भई वडा समिति बनेको छ ।

 

बुलिङटार गाउँपालिका वडा न. १ मा बल बहादुर आले मगर, वडा न. २ मा कमल वकावल मगर, वडा न. ३ मा पुर्ण बहादुर सुस्लिङ्ग मगर वडा न. ५ मा ठक बहादुर मल्ल ठकुरी र वडा न. ६ मा मोहोन पाठक सर्वसम्मत निर्वाचित भएका छन भने ४ मा निर्वाचन भई चेत बहादुर गोदामी मगरले बुद्ध सारुलाई २ मतले पराजित गरि विजयी भएका हुन् ।

 

वडा न. १,२,३,५ र ६ मा सर्वसम्मत भए पनि वडा न. ४ मा गोदामी र सारु सहमति जुत्न नसक्दा निर्वाचनमा जानुपरेको निर्वाचन अधिकृत खिम सुस्लिङले बताए ।

 

यसै गरि अधिकांस वडाहरुमा क्षेत्रीय प्रतिनिधिहरु सर्व सम्मत भए पनि वडा न. ३ मा भने स्थगित भएको छ । आवश्यक भन्दा बढि उम्मेद्वारीहरुले उम्मेद्वार दिदा सहमति हुन नसके पछि स्थगित भई मंगलबारका लागि सारिएको हो । स्थगित भएको निर्वाचन मंगलबार भई रहेको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *