बुलिङटारमा क्षेत्रीय प्रतिनिधिका लागि निर्वाचित र सर्वसहमतमा १७ जना चयन

नेपाली काङ्ग्रेसको आसन्न १४ औं महाधिवेशन अन्तर्गतको वडा समितिको निर्वाचन बुलिङटार गाउँपालिका भित्र टुङ्गो लागि सकेको छ । अधिकांश वडामा सर्वसम्मत समिती चयन भएका छन् भने केही वडामा निर्वाचन प्रक्रियाबाट टुङ्गो लागाइएको छ ।

सोहि अनुरुप वडा नं ३ मा वडा कार्यसमितीको टुङ्गो लागे पनि क्षेत्रीय प्रतिनिधिको लागी खु्ल्ला तर्फ मंगलबार निर्वाचन भए संगै समितिले पूर्णता पाएको छ । खुल्ला तर्फ सात जना उम्मेद्वारहरु आपसमा सहमत नभए पछि निर्वाचन गर्नु परेको हो ।

 

क्षेत्रीय प्रतिनिधिको खुल्ला पदका लागि निर्वाचन भएको हो भने खुल्लातर्फको ६ जनाको लागि ७ जना चुनाबी मैदानमा होमिएका थिए ।

 

होमिएका मध्ये खड्ग बहादुर कुमालले १४९ मतमा १३६ मत ल्याई सर्वोत्कृष्त मत ल्याइएका थिए । यसैगरि विष्णुविर जर्घा मगरले १३५, मोहन सिं. खण्डलुक मगरले १३५, सन्दिप कुमार श्रेष्ठले १३५, नारायण पाटा मगरले १३१ र हिरण्यलाल काफ्लेले ११९ मत ल्याई विजयी भएका हुन ।

नेपाली कांग्रेस बुलिङटार गाउँपालिकाका प्रशिक्षक तथा साबिक बुलिङटार गा.वि.स. का अध्यक्ष पदमराज गिरीले १४९ खसेको मतमा २९ मत ल्याई पराजित भएका हुन ।
खुल्ला तर्फमा ९ जनाको कोटामा महिलाको संख्या ३ अनिवार्य भएकाले सुकमायाँ पाटा मगर, नानिमायाँ फाल मगर र अनुशा ठाडा मगर सर्वसम्मत भएका थिए ।

आदिवाशि जनजाति तर्फ दुुई महिला सहित ५ जना
अर्जुन पुलामी मगर
दन काजी विर्कट्ट मगर
यम बहादुर झेँडी मगर
शान्तिमायाँ सुस्लिङ्ग मगर
मन मायाँ राना मगर

खस आर्य
शशिकिरण वास्ताकोटी

दलित
सुनिता वि. क.

अल्पसंख्यक
बेल बहादुुर दराई सर्वसम्मत भएका हुन ।
यस अघि वडा नं ३ मा पूर्ण बहादुर सुस्लिङ्ग मगरलाई सर्वसम्मत वडा सभापतिमा चयन गरिएको थियो ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *