गैंडाकोटमा सवारी दुर्घटना हुदा ३ जनाको मृत्यु २४ घाईते

गैंडाकोट । पुर्वी नवलपरासीको गैंडाकोटमा यातायात दुर्घटना हुँदा ३ जनाको ज्यान गएको छ ।

 

गैँडाकोट नगरपालिका वडा नं १० स्थित २३ स्मृति पुल नजिकै पूर्वबाट जादैँ गरेको सु।प्र।–०२–००१ ख ११२३ नं।को बस र विपरित दिशाबाट आउदैँ गरेको ना ६ ख ७१२६ नं।को ट्रक एकआपसमा ठक्कर खाई बस सडक देखि १० फिट तल खस्न जाँदा ३ जनाको मृत्यु भएको र २४ जना घाईते भएको जिल्ला प्रहरी कार्यालय नवलपुरका डिएसपी दिलिपकुमार गिरीले बताए ।

 

 

दुर्घटनामा गम्भीर घाइते भएका ३ जनाको  नयाँ मेडिकल कलेजमा उपचारको क्रममा मृत्यु भएको छ ।

मृत्यु हुनेहरुमा १ जना पुरुष र २ जना महिला रहेका गिरीले बताए । बिहान करिब ४ बजेको समयमा दुर्घटना भएको र मृतक र घाईतेको परिचय खुलिनसकेको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *