बाल दिवसको अवसरमा हुप्सेकोट गाउपालिकामा वक्तृत्वकला प्रतियोगिता सम्पन्न

बाल दिवसको अवसरमा हुप्सेकोट गाउपालिकामा वक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको छ । माध्यमिक तहमा प्रविधिमैत्री शिक्षा, आजको आवश्यकता र आधारभुत तहमा बाल अधिकारको प्रत्याभुति हामी सवैको जिक्मेवारी बिषयमा वक्तृत्वकला प्रतियोगिता सञ्चालन गरिएको हो ।

प्रतियोगितामा माध्यमिक तर्फ सरस्वती सस्कृत तथा साधारण मावि की जुनिता अधिकारी प्रथम , सरस्वती सस्कृत तथा साधारण मावि कै रसिक भण्डारी द्धितिय ,जनता मावि की अस्मिता घर्ति तृतिय र जनता मावि कै यम प्रसाद वुढा सान्तोना भएका थिए । त्यसैगरी आधारभुत तह तर्फ थुम्की देवि कोलियाका प्रकृति भुजेल प्रथम , सरस्वती सस्कृत तथा साधारण मावि का सुशिला तिवारी द्धितिय , शिक्षा वोधनी माविका केशमाया राना तृतिय र नेपाल शान्ति माविका आइशा कुमाल सान्तोना भएका छन् ।

कार्यक्रममा वोल्दै हुप्सेकोट गाउपालिका अध्यक्ष लक्ष्मी पाण्डेले वालवालिकाको हितको लागि गाउपालिकाले विभिन्न रचनात्मक कार्य गर्दै आएको वताउनु भयो । बालमैत्रि गाउपालिका वनाउनका लागि आवश्यक सुचक पुरा गर्न विभिन्न अभियान सञ्चालन गरिएको अध्यक्ष पाण्डेले वताउनु भयो । त्यसैगरी हुप्सेकोट गाउपालिकाका प्रमुख प्रशासकिय अधिकृत पवन अर्यालले गाउपालिकाका हरेक योजनाहरु वालवालिका मैत्रि हुने गरि सञ्चालन गरिएको वताउनु भयो । गाउपालिका भित्रका सवै विधालयमा प्रविधि मैत्रि कक्षाकोठा सञ्चानका लागि आवश्यक कार्यसञ्चालन भइ रहेको वताउनु भयो ।

कार्यक्रममा गाउ शिक्षा अधिकारी माधवराज गौतमले वालवालिकालाई सकारात्मक सोचका साथ अध्ययन कार्यमा जुटन आग्रह गर्नु भयो । प्रतियोगितामा हुप्सेकोट गाउापलिका भित्रका विधालयहरुको सहभागिता रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *