एमालेको विधान महाधिवेशनको लोगो सार्वजनिक, टुंगो लाग्यो तीन हजार प्रतिनिधि

काठमाडौं । एमालेले विधान महाधिवेशनको लोगो जारी गरेको छ । आगामी १५–१७ असोजमा ललितपुरको गोदावरीस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा एमालेको पहिलो विधान महाधिवेशन आयोजना हुँदैछ । एमालेले बुधबार दिउँसो सामाजिक सञ्जालमार्फत विधान महाधिवेशनको लोगो सार्वजनिक गरेको हो ।

एमालेले विधान महाधिवेशनमा भाग लिने प्रतिनिधिको टुंगो लगाएको छ । स्थायी कमिटीको शनिबार बसेको बैठकले करिब तीन हजार प्रतिनिधिको टुंगो लगाएको हो ।

विधान महाधिवेशनमा भाग लिन पाउने प्रतिनिधिमा केन्द्रीय कमिटीका पदाधिकारी र सदस्य, अनुशासन आयोगका पदाधिकारी र सदस्य र लेखा परीक्षण आयोगका पदाधिकारी र सदस्य रहेका छन् । निर्वाचन आयोगका पदाधिकारी र सदस्य, केन्द्रीय विभागका सचिवसहित १५ सदस्य, ६। सल्लाहकार परिषदका पदाधिकारी र सदस्य रहेका छन् ।

त्यस्तै जेष्ठ कम्युनिस्ट मञ्चका पदाधिकारी र सदस्य, प्रदेश र सो सरहका कमिटीका पदाधिकारी र सदस्य सहभागी हुन पाउनेछन् । विशेष कमिटीका पदाधिकारी र सदस्य, जिल्ला कमिटीका पदाधिकारी र सदस्य र निर्वाचन क्षेत्रबाट महिला, दलित खुला एक सदस्य सहभागी हुन पाउने छन् । जनसंगठनका पदाधिकारीमध्येबाट १० जना, पार्टी सदस्य रहेका संघीय संसदका सदस्य, पार्टी सदस्य रहेका प्रदेशसभा सदस्य, एमालेबाट निर्वाचित स्थानीय तहका प्रमुख र उपप्रमुख, एकता प्रक्रिया र विभिन्न ठाउँबाट छुटेका १० प्रतिशत मनोनीत रहनेछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *