नेपाली कांग्रेस नवलपुर जिल्ला कै कान्छो वडा सचिव, पाठक

कांग्रेसको १४औं महाधिवेशनमा युवा पुस्ताले सशक्त हस्तक्षेप गर्ने देखिएको छ । जसकारण विभिन्न जिल्लामा भएका वडा तहका निर्वाचनमा सभापति तथा उपसभापतिमा, सचिव युवा निर्वाचित हुने क्रम बढेको छ।

दैलेख दुल्लु–३ मा स्वस्तिमा महत १९ वर्षमै वडा सभापति भएर चर्चामा छिन् । उनको अहिले सर्वत्र कांग्रेसको प्रशंसा भइरहेको छ ।
यसैक्रममा मध्यविन्दुका १९ वर्षका एक युवक वडा सचिव निर्वाचित भएका छन् । कांग्रेस मध्यविन्दु नगरपालिका वडा नं १०को वडा समितिको सचिव नवराज पाठक निर्वाचित भएका छन् ।

उनी नबलपुरका सबैभन्दा कान्छो वडा सचिव भएको बताइन्छ । उनी नेविसंघबाट राजनीति गर्दै पार्टी राजनीतिमा आएका हुन् ।
कांग्रेसमा साढे तीन लाख क्रियाशील सदस्य युवा पुस्ताका छन् । जसले गर्दा वडा तहका अधिवेशनमा युवाको हस्तक्षेप देखिएको हो । क्षेत्रीय प्रतिनिधि पनि अधिकांश युवा नै गएकाले महाधिवेशन प्रतिनिधि पनि युवा नै धेरै आउने संकेत देखिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *