बालविवाह देखि लागु औषध दुर्व्यसनको कुलतबाट बालवालिकाहरुलाई कसरी जोगाउने होला अध्यक्ष ज्यू ?

बिष्णु गौडेल,

नवलपुर । सधै जनप्रतिनिधी र विभिन्न विषयमा सरोकार राख्ने व्यक्तिहरुको छलफलका सहभागिले भरिने हुप्सेकोट गाउँपालिकाको सभाहलमा मंगलवार छुट्टै रौनक देखिएको थियो । स्कुलको ड्रेसमा सजिएर बालादिवस मनाउन आएका विधार्थिहरुमा उत्साह संगै मनको डर अनुहारमा झल्किरहेको थियो । धेरै जसो सहभागि पहिलो पटक उपस्थित भएका थिए भने केहि मात्रै एक दुई पटक गाउँपालिकाको कार्यालयमा आएको अनुभव छ । मंगलवार ५७ औं बाल दिवसको अवसरमा हूप्सेकोट गाउँपालिकाले आयोजना गरेको वक्तृत्वकला प्रतियोगितामा भाग लिन बालवालिकाहरु गाउँपालिकाको सभाहलामा उपस्थित भएका हुन । प्रतियोगितामा भाग लिनेहरुको तयारी कम भएका कारण धेरै जसोले भन्न खोजेको र जानेको कुराहरु नि प्रस्ट संग बोल्न सकिरहेका थिएनन । यसै क्रममा प्रतियोगिता कार्यक्रम सकिएपछि र निर्णायकले निर्णय सुनाउनु भन्दा पहिले यस्तो अवसर गाउँपालिकाले बालवालिकालाई दियो जहा प्रतियोगितामा भाग नलिएका बालवालिकाहरुले पनि आफ्ना समस्या मात्रै नभएर समग्र बालवालिकाहरुमा देखिएको समस्याका विषयमा सिधा प्रश्न गर्न थाले ।
हुप्सेकोट गाउँपालिका वडा नम्बर ३ की अस्मिता घर्तिले बालविवाह धेरै बढिरहेको छ यसलाई न्यूनीकरण गर्न गाउँपालिकाले के गर्दै आएको छ भन्दै प्रश्न गरिन । पहिले बालविवाह परिवारले गरिदिने गरेपनि पछिल्लो समय आफु खुसी प्रेम विवाह गर्ने, विद्यालयबाट नै भाग्ने बालवालिकाहरुको सख्या बढेको पाइन्छ । यसैक्रममा कक्षा ७ मा अध्ययन गर्ने स्वर्णिम तामाङले प्रश्न गरे विद्यालयमा अध्ययन गर्ने सबै विद्यार्थीहरुलाइ दिवा खाजाको व्यवस्थ गर्न सकिदैन र अध्यक्ष ज्यूरु एक एक गर्दै बालवालिकाहरुले आफ्नो गम्भिर प्रश्नहरु अध्यक्षलाई सोध्दै गए । सुर्योज्योती माध्यमिक विद्यालयमा कक्षा ६ मा अध्ययन गर्ने प्रतिक न्यौपानेले गम्भिर प्रश्न गर्दै भने विद्यालयमा हामीहरुलाई खेल्ने मैदान छैन, खेलकुद सामाग्री छैन के गरौ रु आफ्नो समस्या मात्रै होइन समुदायमा देखिएका बालवालिकाहरुको समस्या समाधान गर्न आग्रह गर्दै मेरो उमेर समुहका साथिहरु लागु औषध दुव्र्यसनीमा फसेका छन तिनीहरुलाई कसरी जोगाउने भन्दै निकै चिन्ता र चासोका विषयमा गाउँपालिका अध्यक्ष लक्ष्मी देवि पाण्डेलाई प्रश्न गरेका थिए ।

बालवालिकाको जिज्ञाशा र प्रश्नहरु सुनेर कार्यक्रममा सहभागि सबैको ध्यान केन्द्रित भएको थियो । बाहिरी रुपमा बालवालिकाको अधिकारलाई सामान्य रुपमा लिएपनि उनीहरुको मनोविज्ञान र समस्यालाई हेलचेकराई गरिएको महसुस भएको कार्यक्रममा सहभागिहरुको भनाइ छ ।
वालवालिकाको प्रश्नको जवाफ दिदै हुप्सेकोट गाउपालिका अध्यक्ष लक्ष्मी पाण्डेले भन्नु भयो “यो उमेर समुहका भाइवहिनीहरुमा आएको चिन्तन ,चासो र चेतना देखेर म निकै प्रफुल्लीति भए । तपाईहरुको प्रश्नको उत्तर दिएर मैले तपाईहरुको मन वुझाउन सकुला नसकुला तर तपाईहरुको जिज्ञाशाले अव छिट्टैनै यो समाज सुन्दर र सभ्य वन्ने निश्चीत छ । ”
गाउपालिकाले कक्षा ८ सम्म सवै विधार्थिहरुलाई समान शिक्षाका लागि अंगे्रेजि माध्यममा पनि निशुल्क पस्तक, झोला र मासिक फिस लिन नपाउने व्यवस्था गरेको वताउदै गाउपालिका अध्यक्ष पाण्डेले गर्भअवस्थामा पोषण भत्ता र छोरीको सुनौलो भविश्य कार्यक्रम सञ्चालनमा रहेको जानकारी दिनु भयो । वालविवाहा रोक्नका लागि विधालय उमेर समुहका वालवालिकालाई विधालय छाडन नदिने वातावरण तयार पर्ने र आर्थिक अवस्था कमजोर भएर कोहि पनि शिक्षा वाट वञ्चित हुने अवस्था आउन नदिने प्रतिवद्धा व्यक्त गर्नु भयो ।
विधालयमा अहिले कक्षा ५ सम्म दिवा खाजा सञ्चालनमा छ । हुप्सेकोट गाउपालिकाले नेपाल सरकारले घोषणा गर्नु भन्दा अगाडि नै दिवा खाजा सुरु गरेकाले विधालय उमेर समुहका सवै विधार्थिलाई दिवा खाजाको व्यवस्था गर्ने वारे छलफल र अध्ययन हुने गाउपालिका अध्यक्ष पाण्डेले वताउनु भयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *