काङ्ग्रेस भरतपुर महानगर सह(सचिवका उम्मेदवार मिश्रको प्रचारप्रसार तिब्र

भदौ ३१ । नेपाली काङ्ग्रेसको आसन्न १४ औं महाधिवेशन अन्तर्गत भरतपुर महानगरपालिकाको सह(सचिवका उम्मेदवार अमृत मिश्रले प्रचारप्रसारलाई तिब्र पार्नुभएको छ ।

पार्टीलाई विधि बिधान संगै युवा र अग्रजलाई सम्मान गरेर आफू अगाडि बढ्ने मिश्रले प्रतिबद्धता ब्यक्त गर्नुभएको छ ।

बि सं २०६५ सालमा दुर्गा उच्च माबी बाट राजनीति सुरु गर्नुभएका मिश्र दुर्गा माबिकै नेबिसंघ सभापति तथा क्षेत्रीय सदस्य हुँदै सह(सचिवमा रहेर काम गर्नुभएको छ । मिश्रले नेबिसंघ चितवनको विभिन्न पद तथा तहमा रहेर काम गर्दा गर्दै २०७७ सालदेखि नेपाली काङ्ग्रेसका पुर्ब सभापति तथा पुर्ब प्रधानमन्त्री सुशील कोइरालाको नाममा स्थापित सुशील कोइराला सोसलिस्ट युथ सर्कल चितवनको अध्यक्षको रुपमा काम गर्दै आउनुभएको छ । ने बि संघको आन्दोलनको मुद्दामा अग्रपंक्ति मा रहने मिश्रले थुप्रै पुलिस को पिटाइ एवम् विद्यार्थी आदोलनमा गिरफ्तारमा पर्नु भएको थियो ।

आसन्न महाधिवेशनमा आफुले महानगरका क्षेत्रीय प्रतिनिधिहरुसंग समन्वय गरिरहेको र सबैले बिश्वास गरेर आफुलाइ मत दिनेमा बिस्वस्त रहेको मिश्रले बताउनुभयो । रेडक्रस,स्काउट संगै चकेश्वर टोल बिकास संस्थाको अध्यक्षको भुमिकामा समेत रहनुभएका मिश्रले बोलेर भन्दा पनि काम गरेर देखाउने दाबी गर्दै आफुलाइ मतदान गर्न भरतपुर महानगरपालिकाका सबै प्रतिनिधिहरुलाइ आग्रह गर्नुभएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *