अनेरास्ववियुको अध्यक्षमा सुनिता बराल चयन

नेकपा एमालेको विद्यार्थी संगठन अनेरास्ववियुको अध्यक्षमा सुनिता बराल चयन भएकी छन् । शनिवार च्यासलस्थित तुलसीलाल स्मृति प्रतिष्ठानमा भएको अनेरास्ववियुको सचिवालय बैठकले बराललाई अध्यक्षमा चयन गरेको हो ।

 

अनेरास्ववियुका अध्यक्ष ऐन महर लगायतका पदाधिकारीले विद्यार्थी संगठनबाट बिदा लिएपछि बराललाई अध्यक्ष बनाइएको हो ।

 

संगठनको उपाध्यक्षमा कल्पना वाइवा र महासचिवमा समिक बडाल चयन भएका छन ।

 

अनेरास्ववियुले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको प्रमुख आतिथ्यतामा सचिवालयको पूर्ण बैठक आयोजना गरेको थियो ।

 

बैठकलाई सम्बोधन गर्दै ओलीले पदको लडाईंमा नलाग्न विद्यार्थी नेताहरूलाई निर्देशन दिएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *