धनलक्ष्मी बचत तथा ऋण सहकारीको ४ वर्षीय रणनीतिक तथा व्यावसायिक योजना तर्जुमा

गैंडाकोट । धनलक्ष्मी बचत तथा ऋण सहकारीको ४ वर्षीय रणनीतिक तथा व्यावसायिक योजना तर्जुमा गोष्ठी गैंडाकोटको रेड हाउस रिसोर्टमा शुभारम्भ भएको छ । दुई दिन सम्म चल्ने सो कार्यक्रममा सहकारीकर्मी हरिलाल सापकोटा र गोविन्द रिमालले प्रशिक्षण दिनुभएकोछ ।

 

संस्थाका सन्चालक, लेखा तथा सुपरिवेक्षण समितिका पदाधिकारी, उपसमिति र कर्मचारीहरू गरि १५जनाको सहभागिता रहेको कार्य क्रममा संस्थालाई आगामी ४ वर्षमा अब्बल सहकारीको दाँजोमा धनलक्ष्मी साकोसलाई नारायणगढमा स्थापित गर्ने लक्ष्य संस्थाका अध्यक्ष श्यामकृष्ण श्रेष्ठले बताउनुभयो ।

 

कर्यक्रममा स्वागत मन्तव्य संस्थाका उपाध्यक्ष पुष्पलाल श्रेष्ठले राख्नुभएको थियो, प्रशिक्षकका तर्फबाट हरिलाल सापकोटाले मन्तव्य राख्नुभएको सो कार्यक्रमको सहजीकरण संस्थाका सचिव रामप्रसाद पुडासैनीले गर्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *