प्रेस माथी अंकुस लगाउने विधेयक तत्काल फिर्ता लिनु पर्छ स् पत्रकार महासंघ नवलपुर

कावासोती । गण्डकी प्रदेश सरकारले ल्याउन लागेको आम सञ्चार विधेयक प्रेस माथी अंकुस लगाउने गरि ल्याउन लागिएको भन्दै विधयेक तत्काल फिर्ता लिन पत्रकार महासंघ नवलपुरले प्रदेश सरकार सँग माग गरेको छ ।

 

नेपाल पत्रकार महासंघ नवलपुरको शनिबार सम्पन्न जिल्ला कार्यसमितिको बैठकले प्रदेश सरकारले विधायन समितिमा पेस गरेको विधेयकमा भएका केही प्रावधानहरुमा प्रेस स्वतन्त्रता विरोधी र नागरिक अधिकार कुण्ठित गर्ने गरि उल्लेख गरिएकोले प्रेसलाई नियन्त्रण गर्ने गरि ल्याईएको विधेयक आफुहरुलाई मान्य नहुने भन्दै तत्काल विधेयक फिर्ता लिन माग गरेको हो ।

 

महासंघले यसको विरोधमा विद्येयक फिर्ता लिन दवाव दिन सोमबार जिल्ला प्रशासन कार्यालय नवलपुर मार्फत गण्डकी प्रदेश कार्यालयलाई ज्ञापन पत्र बुझाउने कार्यक्रम तय गरेको महासंघ अध्यक्ष विरेन्द्र पराजुलीले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *