नवलपुर प्रहरी प्रमुख मल्ललाई “प्रबल जनसेवा श्री”

कावासोती । सरकारले संविधान दिवसको अवसर पारेर जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रमुख प्रहरी उपरीक्षक प्रकाश मल्ललाई “प्रबल जनसेवा श्री” प्रदान गरेको छ ।

सरकारले संविधान दिवसको अवसर पारेर प्रदान गर्ने विभिन्न मानपदवी र विभूषण ९ सय ३ जनालाई प्रदान गर्ने भएको छ । राष्ट्रिय जीवनका विभिन्न क्षेत्रमा महत्वपूर्ण योगदान दिने उनीहरुलाई विभिन्न मानपदवीद्वारा विभूषित गरिएको हो ।

राष्ट्रपति विद्यादेवी भण्डारीले २९ भदौको मन्त्रिपरिषद बैठकको सिफारिस अनुसार ९ सय ३ जनालाई मानपदवी, अलंकार र विभूषणबाट सम्मान गर्नु भएको हो ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *