मालपुरमा नकआउट फुटबल प्रतियोगिता हुने

५ असोज, गैंडाकोट । मालपुरमा नकआउट फुटबल प्रतियोगिता हुने भएको छ । “ईताना लेलाङघाली क्लब ” द्धारा आयोजना गरिएको उक्त प्रतियोगिता यहि असोज १६ गते देखि २४ गते सम्म हुन लागिएको हो ।

खेलाडीहरुको मनोबल बढाई खेलको महत्व बुझाउनका लागि उक्त प्रतियोगिताको उदेश्य रहेको क्लबका अध्यक्ष मदन थापाले बताउनु भयो । प्रतियोगितामा विभिन्न क्लबलाई सहभागि गराईने अध्यक्ष थापाले जानकारी दिनुभयो ।

 

फुटबल प्रतियोगिताका विजेता प्रथमलाई रु २५ हजार २२५ नगद, प्रमाणपत्र र मेडल, द्धितियलाई रु १२ हजार २२५ नगद सहित प्रमाणपत्र र मेडल तथा तृतीयलाई रु ५००० सहित प्रमाणपत्र र मेडल उपलब्ध गराउने प्रतियोगिताका संयोजक समिर आले मगरले बताउनु भयो ।

 

 

यसैगरि खेलाडीहरुलाई प्रोत्साहनका लागी तृतीय स्थान हासिल गर्ने खेलाडीहरुलाई प्रमाणपत्र, सर्वोत्कृष्ट गोलरलाई प्रमाणपत्र, सर्वोत्कृष्ट गोलकिपर लाई प्रमाणपत्र, सर्वोत्कृष्ट डिफेन्सलाई प्रमाणपत्र र ह्याट्रीक गोलरलाई समेत प्रमाणपत्र उपलब्ध गराउने क्लबका सचिव पुजा मगरले बताउनु भयो ।  दर्ता शुल्क रु २५०० मात्र लाग्ने सचिव मगरले जनाउनु भयो ।
साथै उक्त प्रतियोगिता असोज १६ गते दिउँसोको  १.३० बजे देखि शुरुहुने भएको हुँदा समय मै दर्ता गरि आफ्नो शिट सुरक्षित राख्नका लागि आयोजकले अनुरोध गरेको छ ।

 

८ देखि १५ गते दिउसोको १ बजे सम्ममा टीम दर्ता गरिसक्नु पर्ने कार्यक्रमका संयोजक पृथ राना मगरले बताउनु भयो ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *