असोज १८ गते देखि गैडाकोटमा खुल्ला नकआउट पुरुष फुटबल प्रतियोगिता हुने

झबिन्द्र मगर,
असोज ६गैडाकोट। नवलपुरको गैडाकोटमा  “स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुदू” भन्ने उद्देश्यका साथ खुल्ला नकआउट नकआउट पुरुष फुटबल प्रतियोगिता हुने भएको छ । न्यु गैडाकोट वर्कशपू द्वारा आयोजना गरिएको उक्त प्रतियोगिता यहि असोज १८ गते देखि शुरु हुन लागिएको हो ।

कोभिड(१९ महामारीका कारण ठप्प रहेको अवस्थामा खेलाडीहरुलाई फेरि खेलकुद गतिविधीमा सक्रिया गराउन प्रतियोगिता आयोजना गर्न लागेको आयोजकले जनाएको छ । गैडाकोटको क्षेत्रिया रङ्गनशाला गैडाकोट ३,४,८ मा सञ्चालन हुने उक्त प्रतियोगिताको प्रथम हुने टोलीले नगद रु ४०,००० शिल, मेडल द्धितिय हुनेले नगद रु २०,००० शिल ,मेडल अन्य बिधा तर्फ सर्वाधिक गोलकर्ता, उत्कृष्ट गोलरक्षक र उत्कृष्ट खेलाडीलाई आकर्षक उपहार तथा प्रत्येक खेलमा म्यान अफ दि म्याज प्रदान गरिने प्रतियोगिताको संयोजक झलक बहादुर राना मगरले बताउनु भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *