चौधरि फाउन्डेसनद्धारा त्रिभुवन मावि बुलिङटारलाई विभिन्न सुचना प्रविधि सामाग्रि हस्तान्तरण

चौधरि फाउन्डेसनद्धारा त्रिभुवन माविलाई विभिन्न सुचना प्रविधि सामाग्रि हस्तान्तरण गरिएको छ ।

चौधरि उधोगसँग आवद्द चौधरि फाउन्डेसनले सामाजिक सेवा अन्तर्गत सामुदायिक विधालयहरुमा सुचना प्रविधि सँग विधार्थीलाई नजिक बनाउन सामाग्रिहरु हस्तान्तरण गरिएको हो । बुलिङटार(३ स्थित त्रिभुवन माविलाई १० थान कम्प्युटर, १ थान प्रोजेक्टर र १ थान स्मार्ट टिभि हस्तान्तरण गरिएको छ । करिव ५ लाख बराबरको सामाग्री दिईएको चौधरि फाउन्डेसनका सहायक प्रवन्धक अमिश खनालले जानकारि दिए । बिद्यालयमा एक कार्यक्रम गरि सो सामाग्री हस्तान्तरण गरिएको हो ।

 

सो कार्यक्रममा वुलिङटार गाउँ पालिकाका नि प्र। प्रशासकीय अधिकृत, लेखा अधिकृत तथा पूर्व विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सहित विभिन्न विशिष्ट व्यत्तित्वहरुको उपस्थित रहेको थियो ।

“स्वास्थ्य र शिक्षाका क्षेत्रमा चौधरि फाउन्डेसनले बृहत् कार्यक्रमहरु आयोजना गर्दै आएको छ । त्यसैको एक उदारहण त्रिभुवन माविलाई सामाग्री दिईएको हो ” चौधरि उधोग दुम्कौलिका नायब प्रवन्धक रामचन्द्र धितालले भने । यस्तै विद्याथीहरुको भविष्य उज्वल बनाउन आफुहरु लागि परेको धितालले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *