देवचुलीमा स्वतन्त्र उम्मेदवारीः उपभापतिमा महेन्द्र र सचिवमा राकेश

काँग्रेस देवचुली नगर कार्यसमितिको उपसभापति र सचिव पदका लागि दुईजनाले स्वतन्त्र उम्मेदवारी दिने भएका छन् ।
सभापति सहित पदाधिकारीमा दुई प्यानलले उम्मेदवारी घोषणा गर्दा कुनै पनि प्यानलमा समावेस नभएपछि उपसभापतिमा महेन्द्रकुमार पिया र सचिवमा राकेश बिक उम्मेदवारका रुपमा खडा हुने जनाएका हुन् ।
पिया र बिकले स्वतन्त्र समूहबाट उम्मेदवारी दिने भएपछि दुई जना चाहिने उपसभापतिमा ५ र २ सचिवका लागि पाँच जनाबीच प्रतिस्पर्धा हुने भएको छ ।

उपसभापतिमा डिल्लीराम कडरिया नेतृत्वको प्यानलबाट भोजेन्द्रबहादुर रायमाझी र पुरुषोत्तम गैह्रे, रबिलाल सापकोटा नेतृत्वको प्यानलबाट गौरीशंकर न्यौपाने र हरिभक्त भटराई तथा स्वतन्त्रबाट महेन्द्रकुमार पियाबीच प्रतिस्पर्धा हुने भएको छ ।

यस्तै, सचिवमा कडरिया प्यानलबाट देबेन्द्र भटराई र सुन्दर पाण्डे, सापकोटा प्यानलबाट भुपराज पाठक र ईश्वर रेग्मी तथा स्वतन्त्र राकेश बिकबीच टकराव हुने भएको छ ।

 

भोली सोमवार नगर अधिवेशनको तयारी छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *