गैँडाकोट । नेपाली काँग्रेसको १४ औँ महाधिवेशन अन्तर्गत गैँडाकोट नगरसमितिको भोली अधिवेशन हुँदैछ । राजनीतिक घटनाक्रम छिनछिनमा नयाँ हुँदै छ । आफुलाई चट्टान जस्तै उम्मेद्वारको रुपमा प्रस्तुत गरेका सभापतिका आंकाक्षी खगराज सापकोटाले अन्ततः सभापतिको आंकाक्षा छाड्नुभएको छ ।
खगराज सापकोटाले सामाजिक सञ्जालमा स्टाटस लेख्दै आफ्नो समर्थन अर्का आंकाक्षी बद्रि सापकोटालाई समर्थन गरेको उल्लेख गर्नुभएको छ ।
सञ्चारमाध्यममा जुनसुकै परिस्थितिमा उम्मेदवारी फिर्ता नलिने बताउँदै आएका सापकोटा अधिवेशनको अघिल्लो दिन पछि हट्नुभएको छ ।