नवलपुरमा पौडेल पक्ष कमजोर, कोइरालालाई देउवाको सहयोग

कावासोती । नेपाली काङ्ग्रेसको नवलपुरमा मङ्गलवार सम्पन्न पालिका अधिवेशनबाट वरिष्ठ नेता रामचन्द्र पौडेल समूह कमजोर देखिएको छ ।केन्द्रमा एकै समूहमा देखिएका वरिष्ठ नेता पौडेल र महामन्त्री कोइराला नवलपुरमा भने छुट्टाछुट्टै समूह बनाएर मैदानमा उत्रिएका थिए ।

 

जिल्लाको आठ वटा स्थानीय तहमा सम्पन्न अधिवेशन बाट पौडेल समूहले दुई वटा स्थानीय तहमा मात्रै जित निकालेको हो । कावासोती र देवचुलीमा पौडेल समूहका क्रमशः शालिकराम ढकाल र डिल्लीराम कडरियाले नेतृत्वमा बाजि मारेका हुन । कावासोतीमा ढकालले कोइराला र देउवा समूहबाट साझा उम्मेदवारी दिएका अमृतकुमार श्रेष्ठलाई ८० मतान्तरले पराजित गरेका हुन भने देवचुलीमा कोइराला समूहका उम्मेदवार रविलाल सापकोटा र पौडेल समूहका उम्मेदवार डिल्लीराम कडरियाको मत बराबरी आए पछि गोला प्रथा बाट कडरिया सभापति बनेका हुन ।

त्यसै गरि गैँडाकोट नगरपालिकामा कोइराला समूहका बद्री सापकोटाले पौडेल समूहका खेम सापकोटालाई पराजित गरेका छन् भने बुलिङ्गटारमा कोइराला समूहका ओमकुमार श्रेष्ठ सर्वसम्मत रूपमा सभापति बनेका हुन ।

 

कोइराला र देउवा समूह बिच तालमेल भएपछि मध्य विन्दु नगरपालिका , हुप्सेकोट गाउँपालिका र विनयी त्रिवेणी गाउँपालिकामा देउवा निकट समूहका उम्मेदवारले बाजी मारेका हुन । मध्य विन्दुमा दोमन भण्डारी, हुप्सेकोटमा बलबहादुर राना र विनयी त्रिवेणीमा अजितकुमार थापाले पौडेल समूहका उम्मेदवारलाई पराजित गरेका हुन भने बौदीकालीमा प्रेस युनियनका केन्द्रीय सचिव समेत रहेका केबि रानाले पौडेल समूहका उम्मेदवारलाई पराजित गरेर सभापति बनेका छन् । रानाले भने आफू कुनै पनि समूहमा नरहेको बताएका छन् ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *