गण्डकीका ८५ स्वास्थ्य शाखा मध्य बुलिङटार स्वास्थ्य शाखा कार्यालय १८ औं स्थानमा

गण्डकीका ८५ स्थानिय तह मध्य बुलिङटार स्वास्थ्य शाखा कार्यालय १८ औं स्थानमा परेको छ।
गण्डकी प्रदेशका ११ जिल्लाका स्वास्थ्य कार्यालयहरु मध्य बुलिङटार स्वास्थ्य शाखा कार्य सम्पादनका हिसावले प्रदेशकै १८ औं शाखाको रुपमा देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेश पोखराको आ.व. २०७७/७८ को बार्षिक समिक्षा कार्यक्रममा बुलिङटार स्वास्थ्य शाखाले ७३.६८ प्रतिशत अंक प्राप्त गरेको हो । नलपुर जिल्लाको आठ स्थानिय तह मध्य बुलिङटार तेस्रो स्थानमा पर्दछ ।

खोप सेवा, परिवार नियोजन, सुरक्षित मातृत्व, तथा विभिन्न स्वास्थ्य सम्वन्धी कार्यक्रमहरुमा ले प्रगती गरेको पाइएको छ । त्यसैगरी प्रदेश कार्यालयबाट भएका पत्राचारहरुको जवाफ सोको कार्यान्वयन तथा कर्मचारीहरुको अनुसासन समेतको मूल्यांकनका आधारमा स्वास्थ्य कार्यालय बुलिङटारले १८ औं स्थान हाँसील गरेको हो ।

स्वास्थ्य शाखा प्रमुख अशोक कुमार श्रेष्ठले स्वास्थ्य कार्यालयका कर्मचारी तथा पालिकाभरका आफ्नो शाखा माताहतका रुपमा रहेका कार्यालयका कर्मचारीहरुको सामुहिक बलबाट शाखाले प्रगती गर्न सकेको बताउनुभयो । उहाँले प्रदेशका ११ वटा जिल्लाका स्वास्थ्य कार्यालयहरु मध्ये बुलिङटार स्वास्थ्य शाखा १८ औं प्राप्त गर्नु खुसीको कुरा भएको भन्दै आगामी दिनमा समेत यसलाई निरन्तरता दिनका लागि प्रयासरत रहने बताउनुभयो ।

 

यसै गरि गण्डकी प्रदेशका १० जिल्लाका स्वास्थ्य कार्यालयहरुलाई पछाडि पार्दै जिल्ला स्वास्थ्य कार्यालय नवलपरासी (पूर्व) कार्य सम्पादनका हिसावले प्रदेशकै उत्कृष्ट कार्यालयको रुपमा देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेश पोखराको आ.व २०७७ ७८ को बार्षिक समिक्षा कार्यक्रममा स्वास्थ्य कार्यालय नवलपरासी (पूर्व)ले ७५.४२ प्रतिशत अंक प्राप्त गरेको हो ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *