एसपिएम कलेजमा नवआगन्तुक विद्यार्थीलाई भव्य स्वागत

असोज २०गैँडाकोट
सूूर्यभक्त पतना देवि कलेजमा कक्षा ११ र स्नातक तह पहिलो वर्षका नवआगन्तुक विद्यार्थीहरुलाई बिहिबार स्वागत गरिएको छ । कार्यक्रममा कलेजका कक्षा १२ का विद्यार्थीले कक्षा ११ लाई र स्नातक तह दोस्रो, तेस्रो तथा चौथो वर्षका विद्यार्थीहरुले स्नातक तह प्रथम वर्षका नवआगन्तुक विद्यार्थीहरुलाई स्वागत गरेकाहुन् ।


स्नातक तह दोस्रो वर्षमा अध्ययनरत छात्र टोल बहादुर राना मगरको अध्यक्षतामा भएको स्वागत कार्यक्रममा कलेज व्यवस्थापन समितिका अध्यक्ष महेन्द्रभक्त अधिकारी प्रमुख अतिथीको रहनु भएको थियो ।
कार्यक्रममा प्रमुख अतिथी अधिकारीले अविभावक शिक्षक तथा विद्यार्थीहरुको हातेमालोले गर्दा कलेजको मुहार उजाल्यो भएको बताउनु भयो । “अहिले सम्म कुनै शिक्षकहरुको र विद्यार्थीहरुको गुनासो सुन्नमा आएको छैन, यसमा म धेरै खुशि छु , उहाँले भन्नुभयो आशा छ अब पनि गुनासा नरहने वातावरण बनिरहने छ ।”


यस्तै क्याम्पस प्रमुख दिपेन्द्र पौडेलले विद्यार्थीहरुको कला, गला र अनुशासनको कदर हुने बताउनु भयो । उहाँले भन्नु भयो “विद्यार्थीले जुन कलेज रोजेर आएका छन् यो कुरालाई मनन् गरेर विद्यार्थीहरुको मनोबल बढ्ने काम मात्र हुनेछन् ।”

यस्तै शिक्षाशास्त्र संकायका प्रमुख माधव सिग्देलले जुन विद्यार्थीको रोजाईमा परेको कलेज विद्यार्थीहरुका सहि रहेको र संधै रहने बताउनु भयो ।
कलेजका प्रशासन प्रमुख शिवजी अधिकारी, कक्षा ११ का छात्र कमल अधिकारी र स्नातक तहका छात्रा लक्ष्मी कंडेलले शुभकामना मन्तव्य राखेका थिए ।

कार्यक्रममा सम्पुर्ण शिक्षक लगायत कक्षा ११ देखि स्नातक तह चौथो तह सम्मका विद्यार्थीहरुको उपस्थित रहेको कार्यक्रममा विभिन्न सांस्कृतिक कार्यक्रम भएको थियो ।

कक्षा १२ का छात्र सुदर्शन सुवदीले स्वागत मन्तव्य व्यक्त गरेको कार्यक्रमको सहजीकरण जुनियार रेडक्रस सोसाइटी एस।पी।एम। कलेजका अध्यक्ष तथा चौथो। वर्षमा अध्ययनरत छात्र इन्द्रज्योती पोख्रेलले गर्नु भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *