राष्ट्रिय जनगणना(२०७८ नवलपुरमा २८ हजार परिवार बढे

सन्जय भट्टराई, नवलपुर । राष्ट्रिय जनगणना २०७८ को पहिलो चरणअन्र्तगत जिल्लामा घर तथा घरपरिवार सूचीकरणमा २८ हजार बढी परिवार थपिएका छन् । पहिलो चरणको प्रारम्भिक प्रतिवेदन अनुसार ९५ हजार घरपरीवार दर्ता भएका सहायक जिल्ला जनगणना अधिकारी रुद्रप्रसाद अधिकारीले जानकारी दिए ।

विसं २०६८ को जनगणनामा यहाँ ६६ हजार ९ सय ३४ परिवार थियो । अधिकारीका अनुसार पहिलो चरणको प्रारम्भिक रिपोर्टअनुसार २८०६६ परिवार थपिएका छन्, । यो प्रारम्भिक तथ्याङ्क भएकाले केही थपघट हुनसक्ने अधिकारीले बताए ।
यसै गरि जनगणनाको प्रारम्भिक रिपोर्ट अनुसार जिल्लामा एक लाख ५ हजार घर धुरी रहेको र ८२ हजार घरमा जनगणना गरिएको अधिकारीले बताए ।

भदौ ३० गतेदेखि असोज १८ सम्म सञ्चालन भएको जनगणनाको पहिलो चरणअन्तर्गत सुपरीवेक्षकहरु खटाएर घरपरिवारको सूचीकरण गरिएको थियो । मूल जनगणना कार्तिक २५ देखि मङ्सिर ९ गतेसम्म सञ्चालन हुने कार्यालयले जनाएको छ । विसं २०६८ को जनगणनाअनुसार जिल्लाकोे जनसङ्ख्या ३ लाख ११ हजार ६०४ रहेकामा ६६ हजार ९ सय ३४ परिवार सङख्या पुगेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *