नवलपुर – पूर्वि नवलपरासीकाे प्रस्ताविक बुलिङटार जेसिजले विभिन्न पेशामा रहेकाहरूलाई सम्मान गरेकाे छ ।
विहिबार दशैकाे अवसर पारि जन्मथलाे बुलिङटार आएकाे माैका पारि जेसिजले सञ्चार, शिक्षा, स्वास्थ्य र प्रहरी सेवामा कार्यत चार जनालाई सम्मान गरेकाे हाे ।
पूर्व जिल्ला शिक्षा अधिकारी तथा गण्डकी प्रदेशका मुख्यमन्त्रीका राजनितिक सल्लाहकार खडक बहादुर कमाल, बुटवलमन पत्रकारिता क्षेत्रमा क्रियाशिल नेपाल पत्रकार महासंघ रूपन्देहीका सचिव विनाेद परियार, सशस्त्र प्रहरी निरीक्षक नरेन्द्र पाटा र चितवन मेडिकल कलेजका प्राध्याक पशुपति रानाभाटलाई सम्मान गरिएकाे हाे ।
उच्च अदालत तुल्सिपुर नेपालगञ्ज ईजलाशका न्यायधिश ध्रुवराज नन्द र प्रस्ताविक बुलिङटार जेसिजका अध्यक्ष सन्दिप श्रेष्ठले दाेसल्ला ओढाएर सम्मान गरेका हुन ।
बुलिङटारमा जन्मिएका न्यायधिस नन्दले जन्मथलाे भन्दा बाहिर रहेका व्यक्तिहरूकाे अनुभवलाई गाउकाे विकासमा लगानुपर्ने बताए । उक्त अवसरमा गण्डकी प्रदेशका मुख्यमन्त्रीका राजनितिक सल्लाहकार खड्क बहादुर कमालले गाउँकाे विकासका लागि सबै एक जुट हुनुपर्ने बताए ।
कार्यक्रममा बुलिङटार गाउपालिकाका वडा न ३ का वडाअध्यक्ष याम बहादुर झेडि, नेपाल पत्रकार महासंघ रूपन्देही सचिव विनाेद परियार, प्रहरी निरीक्षक नरेन्द्र पाटा, त्रिभुवन माविका पूर्व प्रधानाध्यापक बाबुराम गाैतम लगमयतले बाेल्दै बुलिङटारकाे विकास हुन नसकेकाे भन्दै अब त्यसलाई चिर्नुपर्ने बताए । बुलिङटार जेसिजले यसवा नेतृत्व विकासमा काम गर्ने गरि कार्यक्रम गर्ने कार्यकारी उपाध्यक्ष भविलाल रानाले जानकारी दिए। कार्यक्रम अध्यक्ष श्रेष्ठकाे अध्यक्षता, कार्यकारी उपाध्यक्ष तेजमान श्रेष्ठ र सदस्य बाबुराम भुसालकाे सञ्चालनमन सम्पन्न भएकाे थियाे ।