विकासको मोडेल तयार गर्ने पार्टी एमाले हो ःएमाले यूवा नेता गिरी

बुलिङटार, नेकपा एमाले गण्डकी प्रदेश प्रचार विभाग सदस्य एवं यूवा नेता विद्रोही गिरीले देशमा विकासको मोडेल तयार गर्ने पार्टी भएको दावि गर्नु भएको छ । नेकपा एमाले बुलिङटार गाउँपालिका कमिटीको प्रथम अधिवेशनमा वोल्दै उहाँले यस्तो बताउनु भएको हो ।

२०५१ सालमा एमालेका अध्यक्ष मनमोहन अधिकारी प्रधानमन्त्री भएपछि ‘ आफ्नो गाउँ आफै बनाऔ’ अभियान शुरु भएसंगै विकासको मोडल र जग बसेको हो यूवा नेता गिरीले भन्नु भयो । “देशलाई द्रुत गतिमा विकास गर्न एमालेको आवश्यक छ ।” एमाले अध्यक्ष के.पी. शर्मा ओलि आधुनिक विकासमा अगुवाई गर्ने नेता भएकाले अवको निर्वाचनमा बहुमत ल्याउने पालो एमाले हुने उहाँले ठोकुवा गर्नु भयो ।

बुलिङटारको कालीगण्डकी करिडार सडकलाई नियमित गर्ने, विद्युती काम, लगायतका विकासका काममा एमालेले नेतृत्व दावि भुमिका खेलेको समेत यूवा नेता गिरीको दावि छ ।

प्रथम अधिवेशनको उद्घाटन सत्रमा जिल्ला कमिटी सदस्य टंक ब. माकिम, टंक नाथ गिरी, गाउँपालिका अध्यक्ष मनबीर पूलामी, कोशराज पौड्याल, हुम बहादुर गुरुङ्ग, दामोदर कुमाल, हिरासिंह रेश्मी, कृष्ण बहादुर नेपाली लगायतले मन्तव्य राख्नु भएको थियो ।

अधिवेशनले मनवीरको अध्यक्षतामा ६५ जना सदस्यीय बुलिङटार गाउँपालिका कमिटी चयन गरेको छ । जस्को उपध्यक्षमा टंकप्रसाद आले सचिवमा लाल बहादुर नेपाली, उपसचिवमा पि. गिरी, उपसचिवमा दिलकुमार आले मगरलाई सर्वसम्मत चयन गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *