मगर समुदायले आफनो जातिय, धार्मिक, सास्कृतिक र भाषिक पहिचानलाइ स्थापित गराउनुपर्छ: नेपाल मगर संघ केन्द्रीय महासचिव पुन

कमला राना मगर
कार्तिक १२ शुक्रबार, कावासोति। यही आउदो कार्तिक २५ गते देखि मंसिर ९ गतेसम्म हुन गइरहेको बाह्रौ राष्ट्रिय जनगणना मार्फत मगर समुदायले आफनो जातिय, धार्मिक, सास्कृतिक र भाषिक पहिचानलाइ स्थापित गराउन नेपाल मगर संघ केन्द्रीय महासचिव ज्ञानेन्द्र पुनले मगर समुदायलाइ आग्रह गर्नुभएको छ ।
नेपाल मगर संघ जिल्ला समन्वय समिती नवलपुरको आयोजनामा शुक्रबार कावासोतिमा सम्पन्न बाह्रौ राष्ट्रिय जनगणनाको मगर जागरण राष्ट्रिय अभियान अन्तरर्गत बृहत प्रशिक्षणात्मक अन्तरकृया कार्यक्रमलाइ सम्बोधन गर्नुहुदै महसचिव पुनले सो कुरा बताउनुभएको हो ।
साथै नेपाल मगर संघ केन्द्रीय समितिको निर्णय बमोजिम मुख्य प्रश्नावलि अन्तर्गत सोधिने प्रश्नहरुको सहि विवरण गणकलाइ लेखाउन समेत महासचिव पुनले मगरले समुदायलाइ अपिल गर्नुभएको छ ।
जसअनुसार महासचिव पुनले जातिमा मगर लेखाउन आग्रह गर्नुहुदै बाह्र मगरात क्षेत्रमा मगरहरुले पुर्खाको भाषामा मगर ढुट, अठार मगरात क्षेत्रका मगरहरुले मगर खाम÷ पाङ, तथा डोल्पाका मगर हरुले मगर काइके लेखाउनुपर्ने बताउनुभएको छ । त्यसैगरी धर्ममा बौद्ध अथवा प्राकृति लेखाउन उहाले मगर समुदायलाइ आग्रह गर्नुभएको छ ।
कार्यक्रमको प्रमुख अतिथी रहनुभएको महासचिव पुनले संविधानमा व्यवस्था भएको मौलिक हकको सम्बोधन गर्न गराउन जनगणनाबाट आउने तथ्यांक आधिकारीक र महत्वपुर्ण हुने भएकोले आउदो जनगणनामा सम्पुर्ण मगरहरुले आफनो सही पहिचान सहीत कोही नछुटी तथ्याक विवरण भर्न भराउनको लागी आग्रह गर्नुभएको हो ।
नेपाल मगर संघ जिल्ला समन्वय समिति नवलपुरका अध्यक्ष इन्द्र फाल मगरको अध्यक्षतामा भएको कार्यक्रममा विशेष अतिथीमा नेपाल मगर संघका केन्द्रीय सल्लाहाकार कर्णेल धन बहादुर मास्की राना मगर, पुन मगर समाजका केन्द्रीय अध्यक्ष हर्क बाहादुर पुन मगर, पुन मगर समाजका केन्द्रीय महासचिव खेम पुन मगर, नेपाल मगर संघ केन्द्रीय सदस्य लिला राना मगर, नेपाल मगर संघ केन्द्रीय उपाध्यक्ष हिरु राना मगर, लगायत विभिन्न केन्द्रीय तथा जिल्लाका मगर अगुवाहरुको सहभागिता रहेको थियो ।
नेपाल मगर संघ जिल्ला समन्वय समिति नवलपुरका सल्लाहाकार भुवन आले, बाबुराम राना मगर र नर बहादुर ठाडा मगरको शुभकामना मन्तव्य रहेको कार्यक्रममा नेपाल मगर संघ जिल्ला समन्वय समितीका उपाध्यक्ष मेख बाहादुर शारु मगरले स्वागत मन्तव्य तथा सचिव भुम राइ मगरले कार्यक्रमको संचालन गर्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *