भाग्यले बाचे या आफ्नो सतर्कताले बाँचे थाहा भएन ः चालक पुलामी

बलिङटार । कात्तिक १६,  पूर्वि नवलपरासीको पहाडी भेग बुलिङटार गाउँपालिका वडा नं. ४ सुनारथुङकी स्थीत आज मंगलबार
दिउसो जेसीबी पुरिएको छ । बाटो सफा गर्ने क्रम्मा एक्कासी माथिबाट पहिरो खसे पछि उक्त जेसीबी पुरिएको हो ।

बर्खाको झरिले भत्काइएको कच्चि रोड मौसम सफा भएपछि रोड बनाउन गएको एक डाँडा नै खसेछि जेसीबी पुरिएको चालक कुमार पुलामीले बताउनु भयो । एक पाखा नै खसेको थाहा भएको भए आफुहरुले थप सुरक्षा अपनाई काम गथ्र्यौँ बुलिङटार न्युजसंग भन्नुयो । चालक पुलामी र सहचालक दल बहादुर सारु मगर भाग्यले बाचे या आफ्नो सतर्कताले बाँचे थाहा नभएको पुलामीले भन्नयो “भाग्यले बाचे या आफ्नो सतर्कताले बाँचे थाहा भएन । हामी त जाडो भयो भनेर सबै सिसा लगाएर काम गरिरहेका थियौं, त्येतिबेलै माथिबाट एक्कासी पहिरो खस्यो तर हामिलाई केही भएन ।” उहाँले थप्नु भयो “पहिरो गएको १५ मिनेट सम्म त्येही भएका भए हामी बाच्ने थिएन होला धन्न भाग्न सम्म भ्याएम् । ”

स्थानीयाहरु नभएको भए जेसीबी निकाल्न आफुहरुले मात्र नसक्ने सहचालक दलबहादुर सारु मगरले बताउनुभयो । पुरिएको जेसीबी स्थानीयाहरुको सहयोग निकालिएको सारुले बताउनु भयो ।

रोड नहुदा खाद्यन्नको समेत ढुवानि गर्न नपाउदा जनताको दुख बुझि गाउँपालिकाकै जेसिबी पठाएको बुलिङटार गाउँपालिकाका अध्यक्ष शशिकिरण बास्ताकोटीले बताउनु भयो । चाडलाई लक्षित गरि गाउँपालिकाका सबै गाउँहरुमा सवारी साधन पुर्याउने गरि कात्र्तिक १ गते देखि सबै गाउँहरुमा पुग्ने बाटोमा गाउँपालिकाकै जेसीबी लगाइएको अध्यक्ष बास्ताकोटिले बताउनु भयो ।

चाडको बेलामा बाटो बन्नुु खुसिको कुरा तर बाटो बनाउने जेसीबि नै पहिरोले पुरिनु भनेको थप चिन्ताको विषय भएकाले सबै स्थानीयहरुलाई उद्धारमा लाग्न र सतर्कताता अपनाई उक्त बाटोमा यात्रा गर्र्न अध्यक्ष बास्ताकोटीले यात्रुहरुलाई अग्रह गर्नु भयो ।

अहिले उद्दारि सञ्चालनमा आएको स्थानीय नुन बहादुर लङगेलीले बताउनभयो ।

फोटो ः नुन बहादुर लुुङ्गेली

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *