नवलपुरमा ९ बजे सम्म मात्रै देउसी भैलो खेल्न पाईने

कावासोती । नवलपुरमा रातको ९ बजे सम्म मात्रै देउसी भैलो खेल्न पाईने भएको छ ।

बुधबार सहायक प्रमुख जिल्ला अधिकारी मोहनबहादुर थापाले सूचना जारी गर्दै नेपाल सरकारले तोकेको स्वास्थ्य मापदण्ड अपनाएर २० जनाको मात्रै समूहमा रातको ९ बजे सम्म देउसी भैलो खेल्न पाउने जनाएका छ्न ।

कुनै पनि आतिसबाजी, पटका, भुईचम्पा लगायतको विस्फोटक पदार्थ बिक्री वितरण गर्न नपाइने, जुवातास खेल्न नपाइने थापाद्वारा जारी सूचनामा भनिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *