ड्रोन उडाउन एसएसबीका करिब एक दर्जन सुरक्षाकर्मी नेपाली भूभागमै प्रवेश

पूर्वी नवलपरासी, काठमाडौं — भारतले अन्तर्राष्ट्रिय कानुन उल्लंघन गर्दै नेपालको ‘एयर स्पेस’ भित्र ड्रोन उडाएर निगरानी गरेको छ । बिनाअनुमति अर्को देशको एयर स्पेसमा पसेर हेलिकोप्टर, ड्रोन वा अरू कुनै हवाई साधन उडाउन पाइँदैन । तर त्यसलाई बेवास्ता गर्दै भारतीय सशस्त्र सीमा बल ९एसएसबी० ले सुस्ताको नेपाली आकाशभित्र पसेर अनधिकृत रूपमा ड्रोनबाट तस्बिररभिडियो खिचेको हो । नेपालको अनुमतिबेगर एसएसबीले आइतबार नवलपरासी ९बर्दघाट पश्चिम० मा पर्ने सुस्ता गाउँपालिका–५ स्थित गण्डक ब्यारेजको पानी रोक्न बनाइएको बाँध ९ठोक्कर० को एक नम्बर स्थलबाट नेपाली भूभागमाथिको आकाशमा ड्रोन उडाएको हो ।

नवलपरासी ९बर्दघाट सुस्ता पश्चिम० का प्रमुख जिल्ला अधिकारी ९प्रजिअ० धर्मेन्द्रकुमार मिश्रले गण्डक बाँधको एक नम्बर ठोक्करबाट नजिकै रहेको सिमलको रूखबाट उत्तर हुँदै एसएसबीको फौज नेपाल पसेको जानकारी आफूलाई आएको बताए । सिमलको रूखलाई नेपालले अन्तर्राष्ट्रिय सीमा मान्दै आएको छ । ‘ड्रोन उडाएको भन्ने विषयमा अनुसन्धान अघि बढिसकेको छ, हामी सत्यतथ्य खोजबिन गर्ने क्रममा छौं,’ प्रजिअ मिश्रले कान्तिपुरसँग भने, ‘यसबारे भारतीय समकक्षी महाराजगन्जका ‘डिस्ट्रिक मजिस्ट्रेट’ ९जिल्ला अधिकारी० सँग पनि बुझ्ने क्रममा छौं ।’

यस विषयमा नेपाल प्रहरी र सशस्त्र प्रहरी बल ९एपीएफ० सँग पनि बुझेर गृह मन्त्रालयलाई जानकारी गराइसकिएको उनले बताए । गृह मन्त्रालयका प्रवक्ता फणीन्द्रमणि पोखरेलले यसबारे भारतीय समकक्षीसँग कुरा गर्न र सत्यतथ्य बुझेर मन्त्रालयमा जानकारी गराउन जिल्ला प्रशासन कार्यालय नवलपरासी ९बर्दघाट पश्चिम० लाई निर्देशन दिइएको बताए । ‘सुस्ता क्षेत्रमा आइतबार के–के भएको हो, यसबारे अनुसन्धान गरी मन्त्रालयमा जानकारी गराउन प्रशासनलाई निर्देशन दिइसकेका छौं,’ पोखरेलले भने, ‘प्रजिअले विस्तृत अनुसन्धान गरी छिट्टै यसबारे सत्यतथ्य बाहिर ल्याउने बताउनुभएको छ ।’

२०७८ साउन १५ मा दार्चुलाको मालघाटस्थित महाकाली नदीमा बगेर बेपत्ता भएका नेपाली युवा जयसिंह धामीको खोजीका लागि नदीमाथि ड्रोन उडाउन पनि भारतले अनुमति दिएको थिएन । साउन २३ मा जिल्ला प्रशासन कार्यालय दार्चुलाले मालघाटबाट नदीको तल्लो भागको दुवै किनार हुँदै ड्रोनबाट धामीको खोजबिनका लागि पिथौरागढस्थित जिल्लाधिकारीको कार्यालयलाई पत्र लेखेको थियो तर उसले त्यसको जवाफ नै दिएन ।
त्यतिमात्र होइन दार्चुला सदरमुकाम खलंगास्थित नेपाली सेनाको ब्यारेकमाथिबाट भारतीय हेलिकोप्टर तारन्तार ओहोरदोहोर गर्न थालेपछि त्यसप्रति आपत्ति जनाउँदै भदौ २० मा परराष्ट्र मन्त्रालयले भारतलाई ‘कूटनीतिक नोट’ पठाएको थियो । भारतले त्यसको अहिलेसम्म जवाफ फर्काएको छैन । त्यस घटनाको दुई महिनापछि नवलपरासीको सुस्तामा पसेर पुनः एसएसबीले ड्रोनबाट सीमा निरीक्षण गरेको हो । एक सुरक्षा अधिकारीले सुस्ता क्षेत्रमा भएको पछिल्लो घटना भारतीय सुरक्षाकर्मीको बलमिच्याइँको निरन्तरता भएको बताए ।

सुस्ता र कालापानी क्षेत्रलाई नेपाल र भारत दुवै देशले ‘विवादित भूमि’ भनेर स्वीकार गरेका छन् । यसलाई कूटनीतिक माध्यमबाट समाधान गर्न दुवै देश सहमत भइसकेका छन् तर त्यसलाई बेवास्ता गरेर एसएसबीले बिनाअनुमति ड्रोनबाट सीमा गस्ती र निगरानी बढाएको हो । त्यसक्रममा एसएसबीका सुरक्षाकर्मी नेपालतर्फको जमिनमा समेत प्रवेश गरी केही समय गस्ती गरेर फर्किएका छन् । सुस्तामा निर्माणाधीन झोलुंगे पुलबाट नजिकै बसेर एसएसबीले ड्रोन उडाएको स्थानीय रामधनी कोइरीले बताए ।

ड्रोन उडाउन एसएसबीका एक दर्जन सुरक्षाकर्मी आइतबार दिउँसो नेपाली भूभागतर्फ प्रवेश गरेका थिए । एसएसबीले नेपाली भूभागमा ड्रोन उडाएको देखेपछि माछा मार्न र गोठालो गएका स्थानीयले नजिकै रहेको सीमा प्रहरी चौकीमा खबर गरेका थिए । नेपाल प्रहरीले जानकारी पाउनासाथ सुस्ताको सैनिक टोलमा तैनाथ सशस्त्र प्रहरीको बोर्डर आउट पोस्ट ९बीओपी० लाई जानकारी गराएको थियो । बीओपीबाट डेढ किलोमिटर उत्तरपश्चिममा एसएसबीले ड्रोन उडाएको हो ।

ड्रोन उडाएको देखेपछि स्थानीय बासिन्दा एसएसबी भएतर्फ जान खोजेका थिए तर एसएसबीले नजिक नआउन चेतावनी दिएको कोइरीले बताए । प्रजिअ मिश्रका अनुसार अन्तर्राष्ट्रिय सीमाबाट नेपाल र भारत दुवैतर्फ एक–अर्का देशलाई असर पुग्ने गरी ५–५ किमि क्षेत्रभित्र संरचना निर्माण गर्न पाइँदैन । त्यस क्षेत्रमा दुवै देशका सुरक्षाकर्मी एकतर्फी गस्ती र सीमा सुरक्षाका लागि नजाने सहमति पनि रहेको उनले बताए । तर त्यसलाई ख्याल नगरी एसएसबीका सुरक्षाकर्मी सिमलको रूखबाट नेपालतर्फ प्रवेश गरेको बताए ।

अन्तर्राष्ट्रिय कानुनअनुसार एक देशले अर्को देशमा हवाई र स्थलमार्गबाट कुनै पनि गतिविधि गर्न पाउँदैनन् भने हेलसिन्की अभिसन्धिअनुसार दुवै देशले एकअर्का देशको अनुमतिबिना सीमा क्षेत्रमा कुनै पनि संरचना बनाउन पाउँदैनन् । त्यसलाई उल्लंघन गरेर भारतले सीमावर्ती इलाकामा सधैं यस्ता बलमिच्याइँका घटना दोहोर्‍याउने गरेको छ । कान्तिपुरसँगको कुराकानीमा स्थानीय बासिन्दा कोइरीले ड्रोनबाट सुस्ताको नेपाली भूभागमा एसएसबीले निगरानी गरेको आफूले पहिलोपटक देखेको बताए ।

सुस्तास्थित सशस्त्र प्रहरीको बीओपीका सई चित्र खड्काले सुस्ताको एक नम्बर ठोक्कर आसपासमा भारतीय एसएसबी फोर्सका जवान आएको भन्ने जानकारीका आधारमा आफ्नो टोली त्यहाँ पुग्दा उनीहरू हिँडिसकेको जानकारी दिए । त्यसपछि सई खड्काले भारतीय एसएसबीका स्थानीय कमान्डरलाई फोन गरेर किन नेपाली भूभागमा गस्ती पठाएको भनेर प्रश्न गरेका थिए । एसएसबीका अधिकारीले ‘नयाँ आएको कन्स्टेबल ९हबलदार० ले बाटो भुलेर त्यता गस्ती गर्न पुगेको’ जवाफ फर्काएको सई खड्काले कान्तिपुरलाई टेलिफोनमा जानकारी दिए ।

दुवै देशले सीमा विवाद रहेको भनेर स्वीकार गरेको क्षेत्रबाट नजिकै भारततर्फ चार स्थान ९वाल्मीकि आश्रमसमेत० मा एसएसबीको फौज अड्डा जमाएर बसेको छ । सुस्तावासीले भारतीय सुरक्षाकर्मीकै संख्यामा नेपाली सुरक्षा पोस्ट थप्न माग गर्दै आए पनि सरकारले सुनेको छैन । सुस्ताको ७ हजार हेक्टरमा नेपालीले अवादी र खेतीपाती गर्दै आएका छन् । सुस्तामा २ सय ६५ नेपाली घरधुरी छ । करिब ४ हजार नेपाली बसोबास गर्छन् । तीमध्ये २ सय ९८ जनासँग मात्र नेपाली नागरिकता छ । सुस्तामा १९ हजार ९ सय ८० हेक्टर जमिनमा विवाद रहेको बताइन्छ ।

२०२८ सालयता भारतले नेपालको ४६ हजार हेक्टर जमिन अतिक्रमण गरिसकेको भए पनि सरकारले भारतसँग बलियो कूटनीतिक वार्ता गरेर आफ्नो जमिन फर्काउन सकेको छैन । जिल्ला प्रहरी कार्यालय नवलपरासी पश्चिमका प्रहरी उपरीक्षक ९एसपी० मनोजकुमार यादवले प्रवेश गर्न नपाउने ‘विवादित’ भूमिमा आएर फर्किसकेको भन्ने जानकारी पाएको टेलिफोनमा बताए ।

‘एसएसबीको टोली सुस्तामा आएको र फर्किंदा जग्गा नाप्ने फित्ता लिएर हिँडेको भन्ने सुनियो, हाम्रो प्रहरी त्यहाँ पुग्दा हिँडिसकेका रहेछन्,’ उनले भने । सुस्ता क्षेत्रको सुरक्षा र सीमा अपराध अनुसन्धानका लागि प्रहरीबाट सईको कमान्ड र सीमा सुरक्षाका लागि सशस्त्र प्रहरी निरीक्षक ९इन्स्पेक्टर० को कमान्डमा बीओपी तैनाथ छ । तर सीमाबाट नेपाली भूमि छिरेर एसएसबीले ड्रोन उडाउँदा पनि दुवै सुरक्षा निकाय बेखबर बनेका हुन् ।

(यो समाचार नारायण शर्मा र मातृका दाहाले कान्तिपुर अनलाईनमा लेखेका छन ।)

Leave a Reply

Your email address will not be published. Required fields are marked *