महासंघको समन्वयमा नगरपालिकाद्वारा निशुल्क स्वास्थ्य बिमा

दायाराम आचार्य, कावासोती ।कावासोती नगरपालिकाले नगरपालिका भित्रका पत्रकारको निशुल्क स्वास्थ्य बिमा शुरु गरेको छ । चालु आबको नीति तथा कार्यक्रममा पत्रकारको परिवारको निशुल्क स्वास्थ्य बिमा गर्ने कार्यक्रम अनुसार बिमा शुरु गरेको हो । नेपाल पत्रकार महासंघ नवलपुरको समन्वयमा महासंघमा आवद्व पत्रकारको निशुल्क बिमा शुरु गरिएको महासंघका जिल्ला अध्यक्ष बिरेन्द्र पराजुलीले बताउनु भयो । पत्रकारका ५ जनासम्मको परिवारलाई नगरपालिकाको सहयोगमा निशुल्क बिमा शुरु गरिएको उहाँले बताउनु भयो ।
विकास ,सुसाशन , आम नागरिकलाई सू सुचित गराउने काममा पत्रकारको भूमिका ठुलो रहेकाले सम्मान स्वरुप निशुल्क पत्रकार सहित परिवारको निशुल्क स्वास्थ्य बिमा कार्यक्रम शुरु गरिएको कावासोती नगरपालिका उप प्रमुख प्रेम शंकर मर्दनिया थारुले बताउनुभयो ।
महासंघले कावासोती नगरपालिकाको सहयोगमा नगर भित्र रहेका करिब ६० जना पत्रकारको निशुल्क स्वास्थ्य बिमा कार्य शुरु गरेको महासंघ जिल्ला अध्यक्ष पराजुलीले बताउनुभयो ।
जिल्लाका अन्य स्थानीय तहमा रहेका पत्रकारको समेत बिमाका लागि पहल गरिने उहाँले बताउनुभयो । स्वास्थ्य बिमा गरेका पत्रकारका परिवारले ५ बार्षिक १ लाख रुपैयाँ बराबरको उपचार खर्च प्राप्त गर्नेछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *