पोखरा नवलपुर सम्पर्क समाजको सचिवमा बुलिङटारका श्रेष्ठ

कार्तिक २४, गैंडाकोट । पोखरा नवलपुर सम्पर्क समाजको सचिवमा बुलिङटारका श्रीकृष्ण श्रेष्ठ चयन भएका छन् ।
बुधबार पोखरा नवलपुर सम्पर्क समाज गठन भएको हो । नवलपुरबाट पोखरामा बसोबास गर्ने बासिन्दाहरु मिलेर पोखराको युरोड अवस्थित होटल दर्शनमा कार्यक्रम सम्पन्नभएको हो ।

आफ्नो पुर्ख्यौली थतथालो नवलपुर नै भए पनि , हाल बसाइँसराइको क्रममा तथा रोजगारीको क्रममा पोखरा गई पोखरा महानगरपालिका भित्रका विभिन्न वडाक्षेत्रहरुमा बसोबास गर्दै आएकाहरुबीच एक अपसमा सम्बन्ध बिस्तार , भातृत्व, भाईचरा सम्बन्ध कायम गर्दै सामाजिक कार्यमा एकजुट भै लाग्ने उद्देश्यले उक्त सम्पर्क समाज गठन भएको सचिव श्रेष्ठले बताए ।

 

 

यसैगरी अध्यक्षमा ईश्वर श्रेष्ठ, उपाध्यक्षमा मिन बहादुर भण्डारी र मणि डुम्रे, सह(सचिवमा शिवप्रसाद न्यौपाने, कोषाध्यक्षमा ताराप्रसाद श्रेष्ठ लगायत ५ जना सदस्य गरि ११ जनाको समिति बनाइएको हो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *